काठमाण्डौ । टिसीयलले टिट्वान्टी विश्वकप २०२४ लाई लक्षित गर्दै ‘गो बिग, गो टिसीएल’ नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ। यो अभियानअन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा १ लाख ६३ हजार ३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन्।
टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ।ग्लोबल नम्बर वान गूगल टिभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिदै आएको दाबी गरेको छ । थप रूपमा, टिसीयलले ग्राहकहरूलाई सीजी लोयल्टी क्लबमार्फत नोकस्टई एमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरु प्रदान गरेको छ।
नेपालमा टिसीएलका घरायसी उपकरणहरु चौधरी ग्रूपअन्तर्गत इएओल प्रालिले बिक्रि वितरण गर्दै आइरहेको छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                         
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                