काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ । आज विहान ११ बजे प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजनालाई प्राथमिकता राखिने जनाइएको छ । साथै प्रदेश सरकारले अघि बढाएका तर, हालसम्म सम्पन्न हुन नसकेका योजनाहरुलाई सम्पन्न गर्ने लक्ष्य समेत रािखएको छ ।
पूर्वाधार कृषि, पर्यटन, उद्योग, वन उद्यमशिलता विकास,समावेशी आर्थिक वृद्धि, रोजगारी सृजना, संघीयताको सवलिकरण, सुशासन प्रबर्द्धन, सेवा प्रवाहमा सुधार, स्रोत साधनको परिचालनमा मितव्ययीता जस्ता विषयलाई समेत प्राथमिकतामा राखिएको छ ।