मंगलवार, आश्विन १३,२०८३ 02:08:01
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 02:08:01
Bizshala
Global IME Bank Limited

दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा,७०% छुटदेखि २ करोड भौचरसम्मको अफर

Bizshala
दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा,७०% छुटदेखि २ करोड भौचरसम्मको अफर
New Office

काठमाण्डौ । अनलाइन किनमेल गन्तव्य, दराज नेपालले ‘मिड–इयर सेल  ६.६’ कोे घोषणा गरेको छ । योजनाअन्तर्गत ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७०% सम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भौचरलगायतका अफरहरु प्राप्त गर्न सक्नेछन् ।  

दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ ३०, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।  

दराज ६.६ मिड–इयर सेल को प्रमुख आकर्षणका रुपमा, विभिन्न विक्रेतामार्फत खरीदकर्ताले अफर दिइएका सामग्रीहरुको खरिदका लागि न्यूनतम रु.४९९ खर्च गरेपश्चात निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन्  । कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको ‘“फ्री डेलिभरी ब्यानरमा क्लिक गरी भौचरहरु संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सिमा बिना पनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उपभोक्ताहरुको शपिंग अनुभवलाई अझ सन्तोषजनक बनाउने उदेश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको छ । कार्यक्रमअन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तममूल्य) ट्याग’का साथ बिक्रिका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मुल्यमाखरिद गर्न सक्नेछन् । 

६.६ मिड–इयरसेलको अवधीभर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्म मार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दावी मान्य भएमा खरिदकर्ताले निर्धारित मुल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.