काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शंखरापुर शाखा कार्यालयले बीमा दावी रकम भुक्तानी गरेको छ । संस्थाले सिन्धुपाल्चोक जिल्ला मेलम्चि नगरपालिका–.२ की सदस्य सृजना चौलागाई (खतिवडा)को मृत्यु पश्चात निजको श्रीमानलाई बीमा क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।
चोलागाईको दुर्घटनावाट मृत्यु भएकोले ऋण रकमको दोब्बर रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ । सदस्य सृजना चौलागाईले संस्थाबाट ४ लाख ५० हजार कर्जा लिएकी थिइन् । उनको मृत्यु पश्चात कर्जाको तिर्न वाँकी सम्पुर्ण साँवा र ब्याज रकम ४ लाख ६१ हजार ५६३ रुपैयाँ मिनाहा गरि कर्जा बीमा अन्तर्गत सदस्यको मृत्युपश्चात दिइने काजकिरिया खर्च २५ हजार रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम ४ लाख ६३ हजार ४३७ रुपैयाँ निजका श्रीमान राजन खतिवडालाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रमुख झुमा पौडेलले जानकारी दिइन् ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग प्र्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको जनाएको छ ।