सोमबार, असार २३,२०८२ 01:59:17
  • सोमबार, असार २३,२०८२ 01:59:17
Global IME Bank Limited

एलिट क्यापिटलद्वारा २५% हकप्रद निष्काशन, आईपीओ पनि जारी गर्ने

Hyundai Nepal
एलिट क्यापिटलद्वारा २५% हकप्रद निष्काशन, आईपीओ पनि जारी गर्ने
Nabil Bank Limited

काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

हाल संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००ः२५ अर्थात २५ प्रतिशत हकप्रद निष्काशन गरिएको हो । यदि कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै बिद्यमान अन्य सेयरधनीले खरिदको अवसर पाउनेछन् ।

यो हकप्रद निष्काशनपछि एलिट क्यापिटलको चुक्तापुँजी २२ करोड ५० लाख पुग्नेछ । हकप्रदपछी संस्थाको जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत सेयर आम सर्वसाधारणलाई आईपीओमार्फत बिक्री गरिने योजना रहेको क्यापिटलले जनाएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली व्यवशायी, गैरआवासीय नेपाल, सेयर बजारका लगानीकर्ता, बैंकर्स र उद्यमीहरुको प्रयासमा स्थापित एलिट क्यापिटलले बिभिन्न मर्चेन्ट बैंकिङ सेवाहरु दिइरहेको छ । कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट, कर्पोरेट एडभाईजरी, अण्डरराईटिङ तथा डिम्याट सेवा प्रदान गरिरहेको छ ।  

साथै, क्यापिटलले प्राईभेट ईक्विटी तथा भेन्चर क्यापिटलको रुपमा पनि काम गर्ने तयारी गरिरहेको संस्थाका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए ।मर्चेन्ट बैंकिङसम्बन्धी पूर्ण सेवा दिने क्रममा एलिट क्यापिटलले बिक्री प्रबन्धक र सेयर रजिष्टारको सेवा पनि दिने तयारी गरेको छ । तर, धितोपत्र बोर्डले बिक्री प्रबन्धक र सेयर रजिष्टारको ईजाजतपत्र दिन रोको लामो समय भैसकेका कारण सेवा दिन नसकिएको क्यापिटलले जनाएको छ ।  

एलिट क्यापिटलले व्यक्तिगत तथा संस्थागत पोर्टफोलियो म्यानेजमेन्ट सेवामा सबैभन्दा सस्तो शुल्कमा सेवा दिइरहेको दाबी गरेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.