शुक्रबार, असार १३,२०८२ 10:11:45
  • शुक्रबार, असार १३,२०८२ 10:11:45
Global IME Bank Limited

चीनको चर्चित पर्यटकीय स्थलको महिला शौलाचयमा टाइमर, सर्वसाधारणको मिश्रित प्रतिक्रिया

Hyundai Nepal
चीनको चर्चित पर्यटकीय स्थलको महिला शौलाचयमा टाइमर, सर्वसाधारणको मिश्रित प्रतिक्रिया
Nabil Bank Limited

काठमाण्डौ । चीनको एउटा प्रशिद्ध पर्यटीकय स्थलमा रहेको शौचालयमा ‘टाइमर’ राखिएको विषयले यतिबेला चर्चा पाईरहेको छ । २५२ वटा गुफामा ५१ हजारबाट मूर्ति कुदिएको विश्व सम्पदा सूचीमा सूचीकृत चीनको युङगाङ बुद्धिस्ट ग्रोटोजको शौचालय बाहिर टाइमर राखिएको हो ।  

यससम्बन्धी एउटा भिडियो यतिबेला चीनका विभिन्न समाचार तथा सामाजिक सञ्जालमा प्रकाशित भएका छन् । उक्त भिडियोमा महिला शौचालयको ढोका बाहिरको माथिल्लो भागमा डिजिटल काउण्टर सहितको टाइमर राखिएको देखिएको छ ।  

शौचालय भित्र कोहि नभएको बेला डिजिटल बोर्डमा ‘खाली’शब्दसहित हरियो रंग बल्ने गरेको देखिन्छ । यदि शौचालय प्रयोगमा छ भने बोर्डमा कति मिनेटदेखि शौचालय प्रयोग भईरहेको छ भन्ने बारे जानकारी डिस्प्ले देखाइएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो भिडियो त्यस क्षेत्रको भ्रमणमा गएका एक व्यक्तिले खिचेका थिए र भिडियोलाई सरकारी स्वामित्वका स्थानीय पत्रिकालाई प्रदान गरेको थिए । उक्त व्यक्तिले यो कदमलाई प्राविधिक उन्नतीको संज्ञा दिदै यसले शौचालय बाहिर कुर्न र ढोका ढक्ढक्याउन नपर्ने बताए । तर उनले कति मिनेटदेखि शोचालय प्रयोग भईरहेको छ भन्ने जानकारी देखाइनु भने लाजमर्दो भएको बताएका छन् ।  

यो विषयले चीनमा मिश्रित प्रतिक्रिया पाईरहेको छ । केहिले यो राम्रो प्रविधि भएको बताएका छन् भने केहिले भने व्यक्तिगत गोपनियताको हनन हुने भन्दै विरोध गरेका छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.