आईतवार, भाद्र २३,२०८१ 09:17:42
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:17:42
IME remit
Global IME Bank Limited

आर्थिक ऐनले प्रदान गरेका छुट सुविधाको भरपूर सदुपयोग गर्न आग्रह

Hyundai Nepal
आर्थिक ऐनले प्रदान गरेका छुट सुविधाको भरपूर सदुपयोग गर्न आग्रह
Nabil Bank Limited

काठमाण्डौ । आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधाहरुको भरपूर सदुपयोग गर्न भक्तपुर जिल्लाका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।  

भक्तपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय भक्तपुरको संयुक्त आयोजनामा संघको सभाहलमा बिहीबार सञ्चालन भएको ‘आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधा एवं समसामयिक करका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम’मा प्रमुख कर अधिकृत गौतमले राज्यको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ठूलो रहेको भन्दै राज्यलाई तिर्नुपर्ने कर बिना जरिवाना समयमै तिरेर सहयोग गर्न आग्रह गरेका हुन् ।  

जिल्लामा अझै पनि व्यवसाय दर्ता नगरी कारोवार गर्ने व्यवसायीहरुको संख्या धेरै रहेको उनको भनाइ छ । उनले व्यवसाय दर्ता गरेर कारोवार गर्नेमध्ये पनि ५० प्रतिशतभन्दा बढी व्यवसायीहरुले आय विवरण बुझाउने नगरेकोमा चिन्ता व्यक्त गर्दै सबैले समयमा कर तिरेर असल नागरिकको पहिचान कायम गर्नुपर्ने बताए ।  

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले आर्थिक ऐनमा उपलब्ध सेवा सुविधाहरुका साथै नीति नियमहरु बारेमा जानकार नहुँदा अधिकांश उद्योगी व्यवसायीहरुले अन्जानमा जरिवाना तिर्नुपर्ने अवस्था रहेको हुनाले कर बारेमा सुसूचित गराउने उद्देश्यका साथ कार्यक्रम राखिएको बताइन् । जिल्लाका उद्योगी व्यवसायीहरुको व्यापार व्यवसायको विकास र प्रवद्र्धन सँगै संघले विभिन्न समयमा कर सम्बन्धी छलफल, अन्तरक्रिया एवं तालिमहरु समेत सञ्चालन गर्दै आएको जानकारी दिइन् । यस किसिमका कार्यक्रमले उद्योगी व्यवसायीहरुमा रहेको कर सम्बन्धी अन्यौलतालाई न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष दिनेश गोसाईंलगायतले कर तिर्नु सबै नागरिकको दायित्व रहेको भन्दै कर करले होइन रहरले तिर्ने वातावरण राज्य पक्षबाट बनाउनुपर्नेमा जोड दिए ।  

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत गौतमले आर्थिक ऐन २०८१ ले प्रदान गरेका विभिन्न छुट सुविधाहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले आयकर ऐन, अन्त शुल्क ऐन, मदिरा ऐन लगायतमा भएका व्यवस्थाहरु, व्यवसायिक विषयमा आउने सवालहरुका बारेमा जानकारी गराएका थिए । वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुले भोगिरहेका कर सम्बन्धी समस्याका विषयमा सहभागीहरुले उठाएको प्रश्न तथा गुनासोको प्रमुख कर अधिकृत गौतमले प्रष्ट पारेका थिए ।  

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरू, जिल्लास्थित विभिन्न वस्तुगत संघका पदाधिकारीहरु लगायत १५२ जना उद्योगी व्यवसायीहरु उपस्थित रहेका थिए ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X