मंगलवार, आश्विन २७,२०८३ 08:13:31
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 08:13:31
Bizshala
Global IME Bank Limited

बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेलसँगै चार कर्मचारीको बिदाई

Bizshala
बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेलसँगै चार कर्मचारीको बिदाई
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले चार कर्मचारीलाई विदाई गरेको छ । प्राधिकरणले निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमार लाल, निवर्तमान उपनिर्देशक कुुसुम शर्मा र निर्वतमान सहायक निर्देशक सुनिता कुमारी कार्कीलाई विदाई गरेको हो ।  

प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा विदाई तथा सम्मान कार्यक्रम आयोजना गरि चार कर्मचारीलाई सम्मान गरेर विदाई गरेको हो । उक्त अवसरमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले चारैजना कर्मचारीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कदरपत्र र उपहार प्रदान गरे ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

निवर्तमान कार्यकारी निर्देशक पौडेल यही २०८१ साल जेठ १२ गतेदेखि र निवर्तमान निर्देशक लाल, निवर्तमान उपनिर्देशक शर्मा र निवर्तमान सहायक निर्देशक कार्की यही असार १ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गर्नुभई अनिवार्य अवकाश भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले निवर्तमान पदाधिकारीहरूको ज्ञान र अनुभव आगामी दिनमा पनि उपयोग गर्न र निरन्तर संवादका लागि आवश्यक व्यवस्था गर्न ध्यान दिइने बताए ।

अध्यक्ष सिलवालले संस्थाको हितमा ज्ञानको उपयोग गर्न, विज्ञताका आधारमा जिम्मेवारी निर्वाह गर्न र नेतृत्व विकासमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरे । प्राधिकरणलाई अब्बल दर्जाको नियामक निकाय बनाउन कर्मचारीहरूले सामूहिक रूपमा काम गर्नुपर्ने अध्यक्ष सिलवालले बताए ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X