बुधबार, असार ४,२०८२ 09:09:42
  • बुधबार, असार ४,२०८२ 09:09:42
Global IME Bank Limited

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

Hyundai Nepal
‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम
Nabil Bank Limited

काठमाण्डौ ।  ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न भएको छ ।  माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएर नतिजाको पर्खाइको खाली समयमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको खेल गत मंगलबारदेखि चार दिनसम्म चलेको थियो ।  

जसमा समृद्धि स्कुल प्रथम बनेको छ । त्यस्तै, हिमचुली स्कुल दोस्रो भएको छ भने स्वप्न भाटिका स्कुल तेस्रो भएको प्रतियोगिताका संयोजक मिलन बम ठकुरीले जानकारी दिए ।  

खेलमा ‘बेस्ट किपर’ अवार्ड भने सनसाइन स्कुलका सुशन खत्रीले पाएका छन् । त्यस्तै, ‘बेस्ट प्लेयर’ अवार्ड समृद्दि स्कुलकै सौगात राना मगरले पाएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खेलमा देशैभरका विभिन्न विद्यालय तथा इन्स्टिच्युटहरूका विद्यार्थीहरूबाट कुल ९० वटा समूह सहभागी भएका थिए ।

कमलादीस्थित युनिग्लोबको आफ्नै फुटसल कोर्टमा आयोजना भएको यस वर्षको प्रतियोगितामा सुर्खेत, जुम्ला, बाजुरालगायत देशैभरबाट सहभागिता रहेको थियो ।

एसईई दिएर बसिरहेका विद्यार्थीहरूको सहभागिता रहेको यो प्रतियोगिता देशकै सबैभन्दा ठूलो माध्यमिक तहस्तरीय प्रतियोगितासमेत रहेको मिलनले बताए ।

प्रतियोगिताको विजेता टिमले मेडल, ट्रफी र प्रमाणपत्रसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.