आईतवार, भाद्र २३,२०८१ 08:59:48
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:59:48
IME remit
Global IME Bank Limited

मध्यपुर थिमि नगरपालिकाद्वारा कृषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै कालो सूचीमा

Hyundai Nepal
मध्यपुर थिमि नगरपालिकाद्वारा कृषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै कालो सूचीमा
Nabil Bank Limited

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले नगर भित्र रहेको सहकारी संस्थालाई जनताको बचत फिता नगरेकामा समस्याग्रस्त घोषणा गरी कालो सूचीमा राखेको छ । मध्यपुर थिमि नगरको वडा नं. ३ स्थित गठ्ठाघरमा कार्यालय स्थापना गरी वितिय कारोवार गर्दै आएको कृषि विकास वचत तथा सहकारीलाई समस्याग्रस्त घोषणा गरी कालोसूचीमा राखिएको हो ।  

यसको जानकारी मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक विजय कृष्ण श्रेष्ठले जानकारी दिएका हुन् ।  श्रेष्ठका अनुसार स्थानीय सरकारले कुनै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको यो पहिलोपटक हो ।  

श्रेष्ठका अनुसार मध्यपुर थिमि नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्र लाई प्रयोग गरि सहकारीको पूर्ण व्यवस्थापन गर्ने र अनुगमन गरी सहकारी संस्थालाई नियमन गर्नका लागि सहकारी ऐन जारी गरेको छ । जस अनुसार, सहकारीको, नियमन गर्न, अनुगमन समिति, व्यवस्थापन समिति, ऋण असुली न्यायधिकरण, स्थिरिकरण कोषको ब्यवस्था गर्ने, नगरस्तरीय सहकारी समन्वय समिति, कर्जा सूचना केन्द्रको ब्यवस्था गर्नुका साथै सहकारी ऐनमा सहकारीको विवाद सम्वन्धमा प्रारम्भिक सुनुवाई न्यायिक समितिबाट हुने व्यवस्था गरेको जानकारी दिए ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जस अनुसार न्यायिक समितिबाट मध्यपुर थिमि नगरको वडा नं. ३ स्थित गठ्ठाघरमा कार्यालय स्थापना गरी वितिय कारोवार गर्दै आएको कृषि विकास वचत तथा सहकारीको देशभर सञ्चालकहरुको नाममा रहेको सम्पत्ति रोक्का गरेको थियो ।  

त्यस पछाडि सञ्चालक र पिडित बचतकर्ताहरुबीच छलफल गराएर सहमती गराउने प्रयास नगरपालिकाबाट पटक पटक भएको थियो । तर सहकारीका अध्यक्ष तथा संचालकहरुले सदस्यहरूको वचत रकम फिता गर्न कुनै पहल नगरेपछि थिमि नगरपालिकाले ऐनमा भएको अधिकारलाई  प्रयोग गरी सो सहकारीलाई समस्याग्रस्त घोषणा कार्यपालिकाले गरेको छ । सो बारेमा थप जानकारी दिदै नगर उपप्रमुख श्रेष्ठले व्यवस्थापन समितिमार्फत थप कार्यवाही अगाडि बढाउने र आमजनताको सहकारीमा रहेको वचत फिता गर्न आवश्यक कारवाही अधि बढाउने जानकारी गराएका छन् ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X