काठमाण्डौ । ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
सहकारी विभागको नियम क्षेत्रभित्र पर्ने गोरखा सेभिङ एण्ड क्रेडिटले सहकारी ऐन,नियम र मूल्य मान्यता विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकाले समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सहकारी विभागका रजिष्ट्रारको प्रस्तावसहितको सिफारिसमा सहकारी ऐनको दफा १०४ को उपदफा(२)बमोजिम उक्त सहकारीलाई समूगाग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।