काठमाण्डौ । विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेको छ । विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेपछि विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध भएको छ ।
पानी वेमा पानी पसेका कारण बाढी आउने जोखिम देखिएपछि उडान रोकिएको हो । विगतमा पनि विराटनगर विमानस्थलमा खोलाको पानी पसेपछि ५ दिनसम्म उडान प्रभावित भएको थियो ।
अहिले खोलाबाट आएको पानीलाई निकास गर्ने कार्य भईरहेकाले चाडै नै उडान सुचारु गर्ने तयारीमा विमानस्थल व्यवस्थापन लागेको छ ।