सोमबार, असार १५,२०८३ 05:44:11
Bizshala
  • सोमबार, असार १५,२०८३ 05:44:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टायर रिसाईकल गर्ने पोखराको स्टार्टअप बन्यो यस वर्षको स्टार्टअप वर्ल्ड नेपाल च्याम्पियन

Laxmi Sunrise Bank Limited
टायर रिसाईकल गर्ने पोखराको स्टार्टअप बन्यो यस वर्षको स्टार्टअप वर्ल्ड नेपाल च्याम्पियन

काठमाण्डौ । पोखराका स्टार्टअपहरुले ल्याएको टायर रिसाईकल गर्ने स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाण्डौमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा पोखराको स्टार्टअप टिआरएफ अपसाईकल्स नेपाल च्याम्पियन घोषित भएको हो ।  

स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वल्र्डकपको नेपालको फाईनलमा विहिबार उत्कृष्ट १० स्टार्टपले आफ्नो आईडिया पिच गरेका थिए । सहभागी टप १० मध्ये ९ लाई पछि पार्दै टिआरएफ नेपाल च्याम्पियन हुन सफल भएको हो ।

यसपटक पहिलो चोटि स्टार्टअव वर्ल्ड कपको संस्थापक कम्पनीका पार्टनर जस्टिन ज्याक्सन नेपालको फाइनलका लागी आएका थिए । उनले नेपालको स्टार्ट ईकोसिस्टम राम्रो बनाउनुपर्नेमा जोड दिए ।

स्टार्टअप वर्ल्डकप नेपाल फाईनलको उद्घाटन गर्दै उद्योगमन्त्री दामोदर भण्डारीले सरकार स्टार्टअपलाई प्रोत्साहन गर्न एक कदम अघि बढिसकेको बताए ।  

त्यसैगरि, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप आजको आवश्यकता भएको र यसमा सरकारले विशेष सहयोग गर्नुपर्ने बताए  

त्यसैगरि, उद्योग सचिव कृष्णबहादुर राउतले नेपालको विकासमा स्टार्टअपलाई साथ लिएर अघि बढ्न मन्त्रालय तयार रहेको बताए ।  

New Office
CG Motors
Garima Development Bank

अमेरिकी दुतावासका राजनीति तथा अर्थशास्त्र विभागका प्रमुख मार्क टेम्पलरले अमेरिकाले उद्यमशिलतामा धेरै सफलता हाँसिल गरेको र आफुहरुले नेपालमा पनि उद्यमशिलताको क्षेत्रमा सहयोग गरिरहेको उल्लेख गरे ।  

कार्यक्रममा काठमाण्डौ जिल्ला समन्वय समितिका प्रमुख शन्तोष बुढाथोकीले स्टार्टअप देश विकासका लागी अपरिहार्य रहेकोमा जोड दिए ।  

विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्ट अपहब नेपालमार्फत वर्ल्डकप नेपाल भित्राएको हो ।

बिजयी काफ्लेलेअमेरिकाको सिलिकन भ्यालिमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् ।स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.