• आईतवार, भाद्र २९,२०८२ 02:40:28
Global IME Bank Limited

अष्ट्रेलियाले विद्यार्थी भिषामा थप कडाई गर्दै, पढाई सकेपछि स्वदेश फर्कनु पर्ने

Hyundai Nepal
अष्ट्रेलियाले विद्यार्थी भिषामा थप कडाई गर्दै, पढाई सकेपछि स्वदेश फर्कनु पर्ने

काठमाण्डौ । अष्ट्रेलिया सरकारले विदेशी आप्रवासि नितीमा कडाइ गरेको छ । अष्ट्रेलिया सरकारले पढाइ सकेपछि अस्थाई अनुमति पत्र लिएका विद्यार्थीहरुले पुनः विद्यार्थी भिसा नपाउने नियाम ल्याएको छ ।  

यसको साथै अब कलाकार तथा पर्यटन भिषामा आउनेहरुले पनि विद्यार्थी भिषामा आफ्नो स्टाटस परिवर्तन गर्न नपाउने भएका छन् । अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन् ।  

ओनिलले आज थप नियमको घोषणा गर्दै यी दुई भिसा क्याटोगेरी (सब–क्लास ६०० र ४८५) मा रहेकाले समेत अष्ट्रेलियाबाट विद्यार्थी भिषाको आवेदन दिन नपाउने बताएकी हुन् । पढाई सकेपछि विद्यार्थीहरुले सिपमूलक काम खोजेर पीआर लिनुपर्ने र अन्यथा स्वदेश फर्कनुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीहरुले स्वदेश फर्किएर विद्यार्थी भिषा आवेदन गर्न भने पाउनेछन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तर अष्ट्रेलियामा एकपटक ग्राजुएट भएका विद्यार्थीले स्वदेश फर्केर पुनः विद्यार्थी भिषा पाउने सम्भावना भने कमै हुन्छ । पछिल्लोपटक कोभिड पछि अष्टे«लियाले विदेशी आप्रवासि घटाउन विद्यार्थी भिषालाई कडाइ गरेको त्यहाँस्थित माइग्रेसन परामर्शदाताहरुले बताउँदै आएका छन् । यस्तो नियम जुलाइ १ देखि भिषा आबेदन दिनेहरुको हकमा लागू हुने छ ।  

अष्ट्रेलियाको सरकारी तथ्यांकअनुसार अहिले ७ लाख ४० हजार विद्यार्थी भिषामा अष्ट्रेलियामा रहेका छन् । त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीमा नेपालीको कुल संख्या ७० हजार भन्दा माथि रहेको आधिकारिक तथ्यांक छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.