आईतवार, कार्तिक १,२०८३ 03:00:42
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 03:00:42
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङमा चलखेल भएपछि सेबोनमा उजुरी, प्रक्रिया तत्काल स्थगन गरी छानबिनको माग

Bizshala
रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङमा चलखेल भएपछि सेबोनमा उजुरी, प्रक्रिया तत्काल स्थगन गरी छानबिनको माग
New Office

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले रिलायन्स स्पिनिङ मिल्सले संस्थागत लगानीकर्तालाई प्रलोभनमा पारी महङ्गो मूल्यमा बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गर्न लागेको भन्दै सो प्रक्रिया रोक्न र लगानीकर्ता लुट्न खोज्ने कम्पनीमाथि कारबाही गर्न माग गरेका छन् । 

पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डमा बुधबार एक लिखित उजुरी पेश गर्दै सेयर लगानीकर्ताहरुले रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङबाट आईपीओ निश्कासनका क्रममा चलखेल भएको र लगानीकर्तालाई चर्को मूल्य भिडाएर लुट्ने प्रपञ्च गरिएको भन्दै यसमा छानबिनको माग समेत गरेका छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनीहरुले संस्थागत लगानीकर्ताहरुलाई प्रभावमा पारेर र उनीहरुसँग सेटिङ गरेर निर्धारण गरेको कटअफ मूल्यको १० प्रतिशत कममा सर्वसाधारणलाई बेच्ने उद्देश्य रहे पनि त्यो तर्कसंगत नरहेकोले साधारण सेयरको निश्कासन प्रक्रिया नै तत्काल रोक्न र कम्पनीमाथ कारबाही गर्न पनि माग गरेका छन्।

‘यदि नेपाल धितोपत्र बोर्डले त्यस्तो गर्न सक्दैन भने यस अनियमिततामा धितोपत्र बोर्ड पनि संलग्न छ भन्ने प्रमाणित हुनेछ ।’ उजुरीमा लगानीकर्ताले भनेका छन्–‘यदि नेपाल धितोपत्र बोर्डले यस्ता खुलेआम चलखेलको बिरुद्धमा काम गर्न नसक्ने हो भने कानमा तेल हालेर कार्यालयमै ओच्छ्यान लगाएर सुत्न समेत उच्च ब्यबस्थापनका सबै कर्मचारीहरुलाई यसै पत्रमार्फत अनुरोध गर्दछौं।’

उनीहरुले बुक बिल्डिङमार्फत शेयर निश्कासनको सबैतिरबाट बिरोध भइरहँदा पनि सेबोनको मौनताले ती कम्पनीबाट प्रभावमा परेर यस्तो निर्णय भएको बुझिने दाबी गरेका छन् । ‘बुक बिल्डिङसम्बन्धी नीतिनियममा रहेका कमीकमजोरी सुधार गर्नु नेपाल धितोपत्र बोर्डको काम होइन र ? कि ५०–६० वटा कम्पनीले सर्बसाधारण लगानीकर्ताको पैसा ठगी गरिसकेपछि मात्र नेपाल धितोपत्र बोर्डको घैँटोमा घाम लाग्ने हो ?’ उजुरीमा प्रश्न गर्दै भनिएको छ–‘नेटवर्थ ४०० हाराहारीमा रहेको कम्पनीले ८००–९०० मा साधारण शेयर निश्कासन गर्न लाग्दा पनि नेपाल धितोपत्र बोर्ड किन मौन? हो साधारण शेयर निशकासन गर्दा कम्पनीको नेटवर्थ बराबरको मूल्य कायम गरिनु सामान्य मान्न सकिएला । तर त्यो भन्दा माथि अझ नेटवर्थको दुईगुणा हुने गरी शेयर निश्कासनका लागि तयारी गर्नु कतै पनि नीतिनियम संगत मान्न सकिदैंन ।’  

लगानीकर्ताले धितोपत्र बोर्डका विगतका भूमिकाहरुमाथि पनि प्रश्न उठाएका छन् । बोर्डले साधारण शेयर निस्काशन गर्न अनुमति दिने अनि त्यही कम्पनीबाट ५१ वटा कम्पनीको विवरण सार्बजनिक गर्दै ‘लगानी गर्न जोखिम छ’ भन्ने किसिमको कच्चा काम गरेर सर्बसाधारणंको लगानी माथि प्रहार गरेको समेत उजुरीमा स्मरण गराइएको छ । ‘यदि त्यस्तै जोखिम थियो भने साधारण शेयर निस्काशनको अनुमति किन दिएको ? त्यसको जवाफ धितोपत्र बोर्डले दिन नसक्नु आफैंमा लज्जाको बिषय हो ।’ उजुरीमा भनिएको छ–‘विगत २–३ वर्षदेखि घाटामा रहेको र चलखेलपूर्ण वित्तीय विवरण प्रस्तुत गरेको नेपाल रिपब्लिक मिडियालाई किन साधारण शेयर निश्कासनको अनुमति दिइयो? यसको जवाफ पनि धितोपत्र बोर्डले दिन सकेको अबस्था छैन ।’

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसअघिको समाचार

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.