बुधबार, आश्विन २८,२०८३ 06:54:25
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:54:25
Bizshala
Global IME Bank Limited

नेपाल लाइफको दुई आवको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा

Bizshala
नेपाल लाइफको दुई आवको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको २३ औं र २४ ओं वार्षिक साधारण सभा आज एकैपटक आयोजना हुन लागेको हो ।  

कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई आवको साधारण सभाको मिति तय गरेको थियो । यी दुवै साधारण सभा आज वीरगंजमा रहेको होटल भिष्वामा बिहान ९ बजे आयोजना हुँदैछ ।  

उक्त सभामा आव २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह ९क० का सेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरिनेछ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनी नियमावलीमा गरिने संशोधन माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन÷परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०७८/७९ र आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८/७९ र आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

सभामा आव २०७९/८० का लागि नियुक्त भएको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असार ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसर्थ असार ३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X