काठमाण्डौ । काठमाण्डौ । समग्रमा यो साता सेयर बजारमा वृद्धि आएको छ । यो साता सेयर बजारमा ६७.७८ अंकको वृद्धि आएको छ । यो साता लघुवित्त र हाईड्रो समूहका लगानीकर्ताले सर्वाधिक कमाई गरेका छन् ।
यो साताको शीर्ष १० कमाउने कम्पनीमा विकास बैंक , फाइनान्स र लघुुवित्त कम्पनीहरुको दबदबा रहेको छ । शीर्ष कमाउने कम्पनीको सूचीको पहिलो स्थानमा आईजीआई पु्रडेन्सियल कम्पनीका संस्थापक सेयरधनीहरु रहे । एक साताको अवधिमा आईजीआई पु्रडेन्सियल कम्पनीका संस्थापक सेयरधनीहरुले ६५ प्रतिशत आम्दानी गरेका छन् ।
यस्तै आईसीएफसी फाइनान्सका लगानीकर्ताहरुले करिब १९ प्रतिशत , मञ्जुश्री फाइनान्सका लगानीकर्ताहरुले करिब १७ प्रतिशत ,सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले १६.३९ प्रतिशत , समाज लघुवित्तका लगानीकर्ताहरुले १६.२९ प्रतिशत, सेन्ट्रल फाइनान्सका लगानीकर्ताहरुले १६ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले १५.४६ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले १४.९२ प्रतिशत आर्जन गरेका छन् ।
यस्तै, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले करिब १४ प्रतिशत र आराम्भ चौतारि लघुवित्तका लगानीकर्ताहरुले १३.५३ प्रतिशत कमाएका छन् ।