आईतवार, भाद्र २३,२०८१ 08:59:40
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:59:40
IME remit
Global IME Bank Limited

बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएका छौं : अर्थमन्त्री वर्षमान पुन

Hyundai Nepal
बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएका छौं : अर्थमन्त्री वर्षमान पुन
Nabil Bank Limited

अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटमार्फत् कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताएका हुन्।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताए। चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले अब त्यो हटाउने उनको भनाइ छ।

उनले भने, ‘हामीले २०८१/२०९१ लाई कृषि दशक घोषणा गरेका छौँ। धेरै तिरको छलफल, बहस र अन्तरक्रियापछि घोषणा गरेका हौँ। राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरु फेरिन सक्छन्, हाम्रा नीतिहरु फेरिनु हुँदैन। नीतिगत स्थायित्व हुनुपर्छ। कृषि दशकको घोषणा र त्यतातिर प्राथमिकता दिएका छौँ।’

मन्त्री पुनले भारतले कृषि क्षेत्रमा अनुदान दिएका कारण भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्नै नसक्ने अवस्था सिर्जना भएको बताए। 

‘भारतीय सरकारले यति धेरै कृषि क्षेत्रमा अनुदान दिएको छ, कि हामी प्रतिष्पर्धा गर्नै नसक्ने अवस्था छ। हामीले पनि अहिलेको बजेटमा कृषिलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ। चालु वर्षमा भ्याट लगाइएको थियो, कृषि उत्पादनहरुमा। प्याज, आलु, स्याउमा। तर यसपटक त्यो भ्याटलाई हटाइएको छ,’ उनले भने। 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X