काठमाण्डौ। लगातारको बर्षाका कारण मुलाको मूल्य एकैदिन दोब्बरले बढेको छ। शनिबार प्रतिकिलो थोक मूल्य ३० देखि ४० रूपैयाँमा बिक्री भएको मुला आइतबार ७० देखि ८० रूपैयाँमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
लगातार परिरहेको बर्षाका कारण किसानले मुला बजारसम्म पुर्याउन नसक्दा अभाव भई मुलाको मूल्य बढेको कालीमाटी तरकारी बजारका व्यवसायीहरु बताउँछन्।
लगातार दुईदिन बर्षा हुदाँ बजारमा मुलाको अभाव भएको छ । उपभोक्ताले अहिले बजारमा मुला प्रतिकेजी एक सय रूपैयाँभन्दा बढी तिरेर किनिरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।