शनिबार, श्रावण १७,२०८२ 07:13:39
  • शनिबार, श्रावण १७,२०८२ 07:13:39
Global IME Bank Limited

बढ्दो मनसुनसँगै काठमाण्डौ वरपर हेलिकोप्टर उडानमा रोक

Hyundai Nepal
बढ्दो मनसुनसँगै काठमाण्डौ वरपर हेलिकोप्टर उडानमा रोक
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ वरपर हेलिकप्टर उडानमा रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ८ किलोमिटर वरपर चार्टर्ड हेलिकोप्टर उडान तथा अवतरणमा लगाइएको रोकलाई निरन्तरता दिएको हो । प्राधिकरणले बढ्दो मनसुनको अवस्थालाई मध्यनजर गर्दै हेलिकप्टर उडान तथा अवतरणमा रोक लगाइएको जनाएको छ ।  

प्रतिकुल मौसमको अवस्थामा आन्तरिक तथा अन्तर्राष्ट्रियका नियमित उडानलाई सहज व्यवस्थापन गर्न चार्टर्ड हेलिकोप्टरको उडानमा लगाइएको यसअघिको रोकलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ । गत वैशाख देखि प्राधिकरणले काठमाण्डौभित्र हुने हेलिकोप्टर उडानमा कडाइ गरेको छ । लुक्लाबाट आउँदै गरेको सिम्रिक एयरको हेलिकोप्टर र दोहाबाट आउँदै गरेको कतार एयरवेजको जहाज अवतरणका क्रममा २ माइल दूरीमा आमनेसामने भएपछि प्राधिकरणले कडाई गरेको थियो ।  

तर आकस्मिक रूपमा हुने उद्धार तथा बिरामी सेवासम्बन्धी उडानलाई भने नरोकिएको प्राधिकरणले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.