आईतवार, भाद्र २३,२०८१ 08:59:49
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:59:49
IME remit
Global IME Bank Limited

स्मार्ट एपमा अब २०० बढी सहकारीबाट सजिलै नमस्ते पे प्लेटफमका पैसा लोड गर्न सकिने

Hyundai Nepal
स्मार्ट एपमा अब २०० बढी सहकारीबाट सजिलै नमस्ते पे प्लेटफमका पैसा लोड गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ। स्मार्ट प्लेटफमका प्रयोगकर्ताहरूले अब प्लेटफममसँग जोडिएका २०० भन्दा बढी सहकारी सौंस्थाहरू मार्फत आफ्नो आवश्यकताअनुसार नमस्ते पेवालेटमा सजिलै पैसा लोड गर्न र भुक्तानी गर्न सकिने भएको छ।

यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुविधा प्रदान गर्नेछ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जसले सहकारी सौंस्थाहरूमा भौतिक रूपमा उपस्थित हुनुपर्ने आवश्यकताहरुलाई घटाउन मद्दत गर्नेछ। वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्तामैत्री छ,जसले गर्दा कम्तीमा प्राविधिक ज्ञान भएका व्यक्तिहरुले सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन्।

नमस्ते पेर स्मार्टबीचको योसहर्काले नेपालमा वित्तीय सेवाहरूको पहुँच बढाउन वित्तीय समावेशीकणलाई प्रोत्साहित गर्न र साक्षरतालाई बढुवा दिन महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।

नमस्ते पे सधैं नयाँ सेवाहरू जस्तै युएसएसडी अनलाइन मोड, स्प्लिट विल, र रिस्केस्ट मनी जस्ता सुविधाहरु प्रस्तुत गर्न अग्रणी रहेको छ। 

यी अपडेटहरू नमस्ते पे को डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई  प्रर्वधन गर्न गरिएको निरन्तर प्रयासको एक हिस्सा हो।

नमस्ते पे नगद सहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिकाले खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। 

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमामा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आ धुनिक सेवा प्रदान गर्ने यस वालेट सेवाको उद्देश्य रहेको छ।

जस अनुसार *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरुले अनलाइन सेवाहरूको फाइदा लिन सक्नेछन्। रिर्चाज, बिल भुक्तानी, पैसा थप्ने, पैसा पठाउने, व्यापारी भुक्तानी जस्ता सेवाहरू अनलाइन उपलब्ध हुनेछन्। 

नेपाल टेजलकमको सिम भएका प्रयोगकर्ताहरुले युएसएसडी (अनलाइन) सेवाहरू प्रयोग गर्न सक्नेछन्। थप जानकारीका  www.namastepay.com मा गएर हेर्न सकिनेछ । 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X