आईतवार, भाद्र २३,२०८१ 08:57:10
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:57:10
IME remit
Global IME Bank Limited

प्रतिनिधि सभाबाट पारित विधेयकमाथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु अनैतिक भयो :अर्थमन्त्री पुन

Hyundai Nepal
प्रतिनिधि सभाबाट पारित विधेयकमाथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु अनैतिक भयो :अर्थमन्त्री पुन
Nabil Bank Limited

काठमाण्डौ। अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट पारित भएको आर्थिक विधेयक, २०८१ माथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु अनैतिक भएका बताएका छन्।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिहीबार मन्त्री पुनको सचिवालयले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाबाट पारित भएको आर्थिक विधेयक, २०८१ माथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु राजनीति, नैतिक र स्थापित संसदीय अभ्यास, परम्परा, प्रचलन र मूल्यमान्यता विपरीत भएको उल्लेख गरिएको छ।

राष्ट्रिय सभामा नेकपा (एमाले) की प्रमुख सचेतक भगवती न्यौपानेलगायत सांसदहरूले पुनले ल्याएको आर्थिक विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका थिए।

प्रतिनिधि सभामा विधेयक पारित गर्ने दलले नै राष्ट्रिय सभामा संशोधन पेस गर्नु राजनीति, नैतिक र स्थापित संसदीय अभ्यास, परम्परा, प्रचलन र मूल्यमान्यता अनुसारको व्यवहार हो वा होइन भन्ने विषयमा आगामी दिनहरूमा समेत बहस र विचार विमर्श हुँदै जाला’, पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै दलका नेताले ह्विप जारी गरेर प्रतिनिधि सभाबाट पारित भएको विधेयकमाथि राष्ट्रिय सभामा संशोधन दर्ता गर्नु र मन्त्रीमाथि तथ्यहीन र अधरहीन आरोप लगाउनु भनेको आफ्नै दलमाथि र आफैँमाथिको समेत आरोप हो।’

असार २३ गते राष्ट्रिय सभाको बैठकमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ नियमित कार्यसूचीमा रहेको र प्रस्ताव पेस गर्न मन्त्री गएको विज्ञप्तिमा भनिएको छ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X