Bizshala
  • मंगलवार, असार २३,२०८३ 02:35:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ वर्षमा Vespa–Aprilia किन्ने अवसर, नगद छुटदेखि लक्की ड्रसम्म

Laxmi Sunrise Bank Limited
नयाँ वर्षमा Vespa–Aprilia किन्ने अवसर, नगद छुटदेखि लक्की ड्रसम्म

काठमाण्डौ । प्रिमियम इटालियन स्कुटर ब्रान्ड Vespa र Aprilia का लागि नेपालका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्ष २०८२ लक्षित विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘नयाँ युगको नयाँ राइड’ नाम दिइएको अफरमार्फत ग्राहकलाई आकर्षक छुट र सुविधा दिने घोषणा गरेको हो।

New Office
CG Motors
Garima Development Bank

यो योजना चैत १३ गतेदेखि देशभर रहेका Vespa र Aprilia का आधिकारिक शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ। नयाँ वर्षको अवसर पारेर ल्याइएको उक्त अफरले स्कुटर खरिदलाई थप सहज र किफायती बनाउने लक्ष्य राखिएको छ।

अफरअन्तर्गत नगद खरिदमा ग्राहकहरूले ८ हजार ३०० रुपैयाँसम्म छुट पाउनेछन्। साथै, पुरानो सवारी साट्दा १० हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेञ्ज बोनस उपलब्ध हुनेछ। कम्पनीले बजारकै न्यून ४.९९ प्रतिशत ब्याजदरमा EMI सुविधा पनि उपलब्ध गराएको छ, जसले ग्राहकलाई किस्ताबन्दीमा स्कुटर खरिद गर्न सहज बनाउनेछ।

अफर अवधिमा स्कुटर खरिद गर्ने ग्राहकलाई ब्रान्डेड फ्री एक्सेसरीज—जस्तै हेल्मेट र स्कुटर कभर—समेत प्रदान गरिनेछ। साथै, साप्ताहिक लक्की ड्रमार्फत सहभागी ग्राहकहरूले रूपाकोट रिसोर्टमा लक्जरी गेटवे जित्ने अवसर पनि पाउनेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजयकुमार महतोका अनुसार नयाँ वर्ष नयाँ यात्रा र अवसरको सुरुवात गर्ने समय भएकाले कम्पनीले यो अभियानमार्फत ग्राहकलाई प्रिमियम अनुभवका साथै आत्मविश्वासका साथ नयाँ वर्ष सुरु गर्ने अवसर दिन खोजेको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.