शुक्रबार, श्रावण २२,२०८३ 12:31:36
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:31:36
Bizshala
Global IME Bank Limited

युरोकपमा वितरण गरियो कुल ३३१ मिलियन युरोबराबरको नगद पुरस्कार, विजेता र उपविजेताले कति पाए ?

युरोकपमा वितरण गरियो कुल ३३१ मिलियन युरोबराबरको नगद पुरस्कार, विजेता र उपविजेताले कति पाए ?
New Office

काठमाण्डौ । हालै सम्पन्न युरोकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । स्पेनले बेलायतलाई २–१ गोलले पराजित गर्दै यस वर्षको युरोकपको उपाधि आफ्नो पोल्टामा पारेको हो ।  

दुवै टोलि १–१ गोलको अवस्थामा रहेका बेला खेलको ८७ औं मिनेटमा मिखेल ओयार्जबले गरेको निर्णायक गोल नै स्पेनलाई उपाधि जिताउन सफल भयो । यससँगै स्पेनले सबैभन्दा धेरै युरोपियन च्याम्पियनशीप जित्ने देश बनेको छ । स्पेनले जर्मनीलाई पछि पार्दै ४ पटक उपाधि जित्ने किर्तीमान आफ्नो नाममा दर्ता गरेको छ । स्पेनले प्रतियोगितामा आफ्ना सबै ७ वटा खेल जित्दै उपाधि उचाल्यो । यस क्रममा स्पेनले १५ गोल गर्यो ।  

उपाधि जितेसँगै स्पेनले आकर्षक नगद पुरस्कार पाएको छ । स्पेनले उपाधिसँगै २८.२५ मिलियन युरो नगद पुरस्कार हात पारेको छ । त्यस्तै उपविजेता बनेको बेलायतले भने २४.२५ मिलियन युरो जितेको छ । युइएफएका अनुसार यो प्रतियोगितामा समावेश सबै २४ वटै टोलिलाई कुल ३३१ मिलियन युरोबराबरको नगद पुरस्कार प्रदान गरिएको छ ।  

प्रत्येक टीमले समूह चरणमा जितेका प्रत्येक खेलका लागि २८.५ मिलियन युरो प्राप्त गरेका छन् ।  

यस वर्षको युरो कपको गोल्डेन बुट ह्यारी केनले पाएका छन् ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.