शुक्रबार, असार १२,२०८३ 09:29:15
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 09:29:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बुल रनमा रहेको पाकिस्तानको सेयर बजार अल टाइम हाईमा

Laxmi Sunrise Bank Limited
बुल रनमा रहेको पाकिस्तानको सेयर बजार अल टाइम हाईमा

काठमाण्डौ । बुलमा रहेको पाकिस्तानको सेयर बजार पुनःनयाँ उचाईमा पुगेको छ । पाकिस्तान स्टक एक्सचेञ्ज(पीएसएक्स)इन्डेक्स बिहिबार नयाँ उचाईमा पुगेको हो ।  

दुई दिनको बिदा पछि खुलेको कारोबारमा केएसई–१०० इन्डेक्स ८१ हजार ८ सय विन्दुमा पुगेको छ । अघिल्लो दिनको बुलिस मोमन्टम कायम राख्दै खुलेको कारोबारमा केएसई–१०० इन्डेक्स इन्ट्रा डे हाई अर्थात ८१ हजार ९ सय विन्दुमा पुगेको थियो भने क्लोजिङ ८१ हजार ८ सय विन्दुमा भएको थियो ।  

फिच रेटिङले पाकिस्तानको केन्द्रीय बैंक‘स्टेट बैंक अफ पाकिस्तान’ले पोलिसी रेट १४ प्रतिशतमा झार्ने प्रक्षेपण गरेसँगै र आर्थिक वृद्धि ३.२ प्रतिशत पुग्ने प्रतिवेदन सार्वजनिक गरेपछि लगानीकर्ताको मनोबल बढ्दा बजारले अल टाइम हाईको उचाई हासिल गरेको पाकिस्ताका मिडियाले बताएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)र पाकिस्ताबीच ७ बिलियन कर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै लगानीकर्तामा देशको आर्थिक अवस्था सुध्रने र आर्थिक सुधारका नयाँ कदमहरु चालिने आशा पलाएको छ ।  

बिहिबार पाकिस्तानी सेयर बजारमा अटो,बैंकिङ र मल लगायतका सेक्टरहरु चम्किएका थिए । यो दिन इन्ग्रो कर्पोरेशन,युनाइटेड बैंक,ओयल एण्ड ग्यास डेभलपमेन्ट कम्पनी,मिलाट ट्याक्टर र मिजन बैंक जस्ता कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको थियो । ४५७ वटा कम्पनीको कारोबार भएकोमा यस दिन २४२ वटा कम्पनीको सेयरमूल्य बढेको थियो भने १५५ वटाको घटेको थियो । ६० वटा कम्पनीको सेयरमूल्यमा भने कुनै पनि परिवर्तन भएन ।  

यो दिन विदेशी लगानीकर्ताले ४०५.०७ मिलियन पाकिस्तानी मुद्राबराबरको खरिद गरेको एनसीसीपीएलले जनाएको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.