काठमाण्डौ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतशितले बढी हो ।
आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको थियो ।
सरकारले पूँँजीबजारबाट आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ३५ करोड राजश्व सँकलन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा भने सरकारले १५ अर्ब भन्दा बढीको राजश्व उठाएको थियो । त्यस वर्ष सेयर बजार हालसम्मै उच्च विन्दु ३२ सय विन्दु पुगेको थियो । त्यस वर्ष एकै दिन २१ अर्बमाथिको कारोबार भएको थियो ।
सेयर बजारमा दिर्घकालीन भन्दा अल्पकालिन लगानीकर्ताले बढी पूँजीगत कर तिरेका हुन्छन् । अल्पकालिन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतशित र दीर्घकालिन लगानीकर्ताले ५ प्रतशित पूँजीगत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताले हाल १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।