बुधबार, माघ २३,२०८१ 01:35:40
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:35:40
IME remit
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकले ल्यायो ब्राण्ड फिल्म, यसमा के छ खास ?

Hyundai Nepal
लक्ष्मी सनराइज बैंकले ल्यायो ब्राण्ड फिल्म, यसमा के छ खास ?
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आफ्नो नयाँ ब्राण्ड फिल्म हाम्रो बचतको सही लगानी सार्वजनिक गरेको छ । 

२ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ।

Bizshala
CG Motors
Sagarmatha Cement

खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा

फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ। उनले जम्मा गरेको जस्तैः साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनाहरुमा लगानी भई कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँदछ।

लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फअघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ।

सफलताको गाथा बुन्दै

बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठुला परियोजना मात्र नभई साना परियोजनाहरुलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरु प्रवाह गर्दछ।

यस्ता कर्जाहरुले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरु पनि यस फिल्ममा समेटिएको छ।

साझा समृद्विको उत्सव मनाउँदै

यस फिल्ममार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरुको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ र बचत गर्नेबैंकका ग्राहकहरु नै देशको समृद्धिको सारथी भएको कुरा प्रतित गराइएको छ।

तसर्थ, यस फिल्मले बचत तथा बैँकिङ लाई साझा समृद्वितर्फको यात्राको रूपमा पुनः परिभाषित गर्ने लक्ष्मी सनराइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ।

Muktinath Bikas Bank Limited

ब्रान्ड फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्:

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.