बुधबार, श्रावण २७,२०८३ 07:17:18
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 07:17:18
Bizshala
Global IME Bank Limited

इच्छाराज तामाङ दम्पत्तिलाई नै जेल सजाय, २ अर्ब ७६ करोड जरीवाना, छोरीहरुको नाममा लुकाएको सम्पत्ति पनि जफत

Prabhu Bank Limited
इच्छाराज तामाङ दम्पत्तिलाई नै जेल सजाय, २ अर्ब ७६ करोड जरीवाना, छोरीहरुको नाममा लुकाएको सम्पत्ति पनि जफत
New Office

काठमाण्डौ । पूर्व सांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी प्रकरणमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरीवाना भएको छ ।  

विशेष अदालतले आइतबार तामाङमाथि कैद सजाय र जरीवाना सुनाएको हो ।  

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँव, सदस्यहरु तेजनारायण सिंह(राई) र मुरारीबाबु श्रेष्ठको इजलासले गत माघ ७ गते कसुर ठहर भएका तामाङलाई तीन वर्ष कैदको सजाय सुनाएको हो ।  

इजलासले प्रतिवादी बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ समेत कायम गरिदिएको छ । 

अदालतले इच्छाराजकी श्रीमती सिर्जना शाक्यलाई समेत १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ बिगो भराउन आदेश दिएको छ । शाक्यलाई १ वर्ष ६ महिनाको कैद सजाय पनि सुनाएको छ ।  

सोही प्रकरणका अर्का प्रतिवादी सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय तथा २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो भराउने फैसला सुनाइएको छ ।  

विशेष अदालतले इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठको श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला सुनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.