काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य व्यापक बढेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।