काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीलाई ५२.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यो क्यापिटलको साउन १६ गते सम्पन्न सञ्चालक समितिको १४३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ५२.५३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।
सोही बैठकले आगामी भदौ ११ गते मंगलबारको दिन एनआईसी एशिया क्यापिटलको आठौं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय समेत गरेको छ ।
एनआईसी एशिया क्यापिटलले आफ्ना सेयरधनीलाई सातौं वार्षिक साधारण सभासम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।