एनआईसी एशिया क्यापिटलका सेयरधनी मालामाल, ५२.५३% लाभांश प्रस्ताव
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीलाई ५२.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो क्यापिटलको साउन १६ गते सम्पन्न सञ्चालक समितिको १४३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ५२.५३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।