काठमाण्डौ। सौर्य जहाजको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनापछि गम्भीर घाइते भएका शाक्यको सिनामंगलस्थित काठमाण्डौ मोडेल अस्पतालमा उपचार भइरहेको थियो।
उनको स्वास्थ्य सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा विमान दुर्घटना हुँदा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो।