बिहीबार, कार्तिक ८,२०८१ 04:04:24
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 04:04:24
IME remit
Global IME Bank Limited

के तपाई मोबाइल बैङ्किङ चलाउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् !

Hyundai Nepal
के तपाई मोबाइल बैङ्किङ चलाउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् !
Nabil Bank Limited

काठमाण्डौ। हामी अहिले विद्युतीय युगसँगै अगाडि बढिरहेका छौं। अहिले हामी सबैको हातमा प्राय स्मार्ट फोन हुने गर्छ। प्रविधिको यो फड्कोले बैंक तथा वित्तीय संस्थासँग हामीले गर्ने व्यवहार र सहकार्यमा समेत परिवर्तन ल्याएको छ। अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँगै नेपालमा अहिले मोबाइल बैंकिङको प्रयोग कर्ताको संख्या बढ्दै गइरहको छ।

Bizshala
Shivam Cement
CG Motors

पछिल्लो समय बैंकिङ कारोबार सहज बन्दै गइरहेको छ। बैंकमा लाग्नु पर्ने पट्यारलाग्दो लाइनबाट ग्राहकहरुले उन्मुक्ति पाउन थालेका छन्। मोबाइल बैंकिङको माध्यमबाट कारोबार गर्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। मोबाइल बैंकिङ प्रयोग गर्दा काम छिटो छरितो ढंगबाट हुने भएकाले यसको प्रयोग बढिरहेको छ।

अनलाइन बैंकिङको माध्यमबाट बिल तिर्नुका साथै पैसा ट्रान्सफर गर्न समेत सकिन्छ। यसले मानिसको दैनिकीलाई नै सहज बनाइरहेको छ। मोबाइल बैंकिङको सुरुवात नेपालमा पहिलो पटक २०६१ सामोबाइल अर्थात ट्याबलेट बैंकिङकै एउटा रुप हो। मोबाइल बैंकिङलाई ‘नेट बैंकिङ’ भनेर पनि चिन्ने गरिन्छ। यसैबीच आज हामी तपाईँलाई मोबाइल बैंकिङ के हो ? यसले दिने सेवा सुविधा र मोबाइल बैंकिङ प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा चर्चा गर्दैछौं :

मोबाइल बैंकिङ भनेको के हो ?

मोबाइल बैंकिङ भनेको बैंक वा अन्य वित्तीय संस्थाले उपलब्ध गराएको सेवा हो जसले आफ्ना ग्राहकहरूलाई स्मार्टफोन वा ट्याब्लेट जस्ता मोबाइल यन्त्र प्रयोग गरेर वित्तीय कारोबार गर्न अनुमति दिन्छ। इन्टरनेट बैंकिङसँग सम्बन्धित नभई यसले सफ्टवेयर प्रयोग गर्छ, जसलाई सामान्यतया एप भनिन्छ। यस उद्देश्यका लागि वित्तीय संस्थाले उपलब्ध गराउँछ। मोबाइल बैंकिङ सामान्यतया चौबिसै घण्टा उपलब्ध रहने गर्छ। मोबाइल बैंकिङमार्फत खाता खोल्न सकिने केही वित्तीय संस्थाहरूमा प्रतिबन्धका साथै कारोबार गर्न सकिने रकमको पनि सीमा तोकिएको छ।

मोबाइल बैंकिङ सेवा कसरी लिने ?

यो सेवा भएका हरेक बैंकहरूले खाता खोल्नुभन्दा पहिला नै यो सेवा लिने कि नलिने भनेर सोध्छन्। लिने भने पनि एउटा फर्म भर्नुपर्छ। त्यसमा मोबाइल नम्बर समेत राखेर भरेपछि उनीहरूले म्यासेज गरिदिन्छन्। त्यो म्यासेजमा कोड नम्बर पठाइदिएको हुन्छ। स्मार्ट फोनमा मोबाइल वालेटको एप्लिकेसन डाउनलोड गरेर राख्नुपर्छ। यदि मोबाइल वालेटको सुविधा लिने हो भने एप्लिकेसनमा गएर रजिस्ट्रेसन लेखेको ठाउँमा गएर दर्ता गर्न सकिन्छ वा वेबसाइटमा गएर दर्ता गर्न सकिन्छ।

कस्तो मोबाइल चाहिन्छ ?

एप्लिकेसन चलाउने हो भने स्मार्टफोन चाहिन्छ।

सामान्तया फेसबुक चल्ने मोबाइलमा चलाउन सकिन्छ।

प्राय सबै एप्लिकेसन एन्ड्रोइड फोनमा चलाउन सकिन्छ, कुनै कुनै एप्लिकेसन भने आइफोनमा नचल्न सक्छ।

मोबाइलको प्ले स्टोरमा गएर एप्लिकेसन डाउनलोड गर्नुपर्छ।

मोबाइल बैंकिङका फाइदाहरू ?

-आफ्नो खातामा पैसा कति छ भनेर जाँच गर्न सकिन्छ। यति मात्र हैन आफूले गरेको कारोबारको जानकारी पनि मोबाइलबाटै पाउन सकिन्छ।

-हातमा भएको पैसा लगेर राख्ने बाहेक पैसाको कारोबारको लागि बैङ्कसम्म पुगिराख्नु पर्दैन। जस्तै यदि कसैलाई पैसा पठाइदिनुपर्ने भएमा एउटा म्यासेज गरेर पठाउन सकिन्छ।

-पानी तथा बिजुलीको पैसा तिर्ने सकिन्छ।

-बैंकहरूमा रकम पठाउन, विदेशबाट पठाएको रकम पाउन, आदि विभिन्न सुविधा पाउन सकिन्छ। आदी

मोबाइल बैंकिङ चलाउँदा ध्यान दिनुपर्ने कुराहरू ?

-आफ्नो मोबाइल लक गरेर राख्ने। जसले तपाइको मोबाइल बैंकिङको गलत प्रयोग हुनबाट जोगाउँछ।

-मोबाइल बैंकिङको पिन कसैलाई नदिने र समय समयमा पिन परिवर्तन गरिरहनु पर्छ।

-आफूले प्रयोग गर्ने इमेल वा फोन नम्बरको प्रयोग गरेर मोबाइल बैंकिङको सुविधा लिन सकिन्छ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.