काठमाण्डौ। स्काइवेलले नयाँ विद्युतीय गाडी नेपाली बजारमा ल्याउने निश्चित भएको छ।
नेपालका लागि स्काइवेलको आधिकारिक विक्रेता जी मोटर्स प्रालिले नयाँ फिचर्सले सुसज्जित गाडीहरु नाडा अटो शोको अवसर पारेर भित्र्याउने निश्चित भएको हो ।
जी मोटर्सका अनुसार ‘एसयूभी BE-11’ मोडलका विद्युतीय गाडी नेपाल आउन लागेको हो ।
सो मोडलमा ५१.९२ किलोवाट तथा र्को ७१.९८४ किलोवाट आवर ब्याट्री क्षमताका एसयूभी नेपाल भित्रिन लागेको हो । यी दुईको रेञ्ज क्रमशः ४१० किलोमिटर र ५२० किलोमिटर रहेको छ ।
दुवै प्रकारका गाडीमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान भएको छ।
कति पर्छ मूल्य?
स्काइवेल ईभीको नयाँ भर्सनको दुवै गाडीको मूल्य पनि जी मोटर्सले सार्वजनिक गरेको छ। स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ।
कम्पनीले भित्र्याउन लागेको दुवै मोडलको प्रि-बुकिङ पनि सुरु गरिसकेको छ ।
कम्पनीले यसअघि २०२३ को नाडा अटो शोमा एक पटक चार्ज गर्दा ६२० किलोमिटको रेञ्ज दिन स्काईवेल इटी फाइभ मोडल भित्र्याएको थियो । प्रिमियम सेगमेन्टको यो इभीप्रति निकै राम्रो आकर्षण देखिएको थियो । स्काईवेल इटी फाइभ नेपालमा सबैभन्दा धेरै रेञ्ज दिने इभी पनि हो ।
अब भित्र्याउन लागिएको गाडी सोभन्दा कम रेञ्ज र मूल्य पनि कम नै हुने कम्पनीको प्रष्टोक्ति छ । तर, नयाँ मोडल भएका कारण फिचर्सहरु भने बढी नै रहनेछन् ।