आईतवार, बैशाख ७,२०८२ 07:43:56
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 07:43:56
IME remit
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ? बचतका सेवाहरू छनोट गर्दा के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?

Hyundai Nepal
बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?  बचतका सेवाहरू छनोट गर्दा के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?
Nabil Bank Limited

काठमाण्डौ। बैंक तथा वित्तीय संस्थामा बचत गरे बढी सुरक्षित हुन्छ। किनभने इजाजतपत्र प्राप्त निकाय भएको तथा नियमित रूपमा नियमन र सुपरिवेक्षण हुने हुँदा  तोकिएको समयमा निश्चित ब्याज पाइन्छ। पानी, बत्ती, टेलिफोन आदि महसुल तिनै बैंकरवित्तीय संस्थाबाट तिर्ने सुविधाहरू प्राप्त गर्न सकिन्छ। यसरी बचतको सुरक्षण हुँदा रकम डुब्ने डर कम हुन्छ। 

ठूलो संस्था भएकाले लेखा परीक्षण हुने, हरेक वर्ष वार्षिक साधारणसभा गर्दा लगानीकर्तालाई जवाफ दिनुपर्ने, सञ्चारमाध्यमले आलोचना गर्न सक्ने, अधिकार प्राप्त संस्थाहरूबाट नियमित निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन हुने भएकाले विश्वासिलो हुनाको साथै कानुनी रूपले बचत सुरक्षित हुन्छ। 

Shivam Cement
Bizshala
CG Motors

औपचारिक निकायमा बचत गरे के हुन्छ ?

औपचारिक संस्था नभएकाले गर्दा कम सुरक्षित हुन्छ। त्यसो त निरीक्षण नहुने हुँदा समूहभित्रकै मान्छेहरू आपसमा मिलेर दुरुपयोग गर्न पनि सक्दछन्। यसमा पहुँच सजिलो भए पनि समूहको सदस्यले मात्र कारोबार गर्ने सुविधा पाउँछ। साथै कुनै बेला आफूले ठूलो रकम ऋण लिनुपरेमा पैसाको अभाव हुने गर्दछ। यस निकायसँग सम्बद्ध रहँदा बचतमा ब्याज कम मात्र दिने र ऋणमा चर्को ब्याजदर लिने प्रचलनले नोक्सानी पर्न सक्छ। निकाय–संस्था घाटामा गएको देखाएर ब्याज/प्रतिफल दुबै डुब्ने सम्भावना रहन्छ वा नदिने पनि सम्भावना रहन्छ। लेखा र लेखापरीक्षण व्यवस्था प्रभावकारी नहुँदा कारोबार र हिसाबकिताब पारदर्शी हुने सम्भावना एकदमै न्यून रहन्छ।

अनौपचारिक निकायमा बचत गरे के हुन्छ ?

अनौपचारिक निकायमा बचत गर्नु राम्रो होइन। यसमा ऋण लिन सजिलो भए तापनि ब्याजदर धेरै महँगो हुन्छ। कानुनी प्रमाणको अभावमा निक्षेपको रूपमा जम्मा गरेको वा सापटी दिएको रकम डुब्ने सम्भावना अधिक रहन्छ। घरमै बचत गर्दा चोरी, डकैती, आगलागी, फजुल खर्च आदि हुन सक्छ। र, आफ्नो रकमको खास सुरक्षा हुँदैन। यसो गर्दा इष्टमित्र साथीभाइबिच झैझगडाको वातावरण सिर्जना हुन सक्छ। 

ढुकुटी सञ्चालकहरू भाग्न सक्ने हुँदा सम्पूर्ण रकम डुब्न सक्छ। ढुकुटी खेल्ने र खेलाउने दुबैलाई कानुनी कारबाही हुने हुँदा सञ्चालक भागेमा कानुनी कारबाही गर्न समेत अप्ठ्यारो पर्ने हुन्छ। साहु महाजनले सोझासिधा, निरक्षर व्यक्तिलाई मनपरी सर्तहरू राखेर तमसुक गराई अन्ततः ऋण लिने व्यक्तिको घरबार नै हडप्ने र ऋणग्रस्तताको जालोमा फस्ने सम्भावना प्रबल हुने गर्दछ।

अन्य व्यक्तिलाई रकम प्रयोग गर्न दिँदा उसले बेइमानी गरेमा पैसा डुब्न सक्ने र आफूलाई चाहिएको समयमा रकम उपलब्ध गराउन नसकिने हुन सक्छ। यसका साथै सुन, चाँदी, घरजग्गा आदिमा लगानी गर्दा अचानक भाउ घट्न गएमा घाटा हुने, घरजग्गा चाहेको समयमा बिक्री नभएमा आफ्नो आवश्यकता टार्न कठिन हुने हुन्छ। त्यति मात्र नभएर अन्य व्यक्तिलाई रकम प्रयोग गर्न दिँदा उसले बेइमानी गरेमा पैसा डुब्न सक्ने र आफूलाई चाहिएको बखत रकम उपलब्ध गराउन नसकिने हुन सक्छ।

बचतका सेवाहरू छनोट गर्दा के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?

बचत सेवाहरूले सम्पत्ति बढाउनु पर्छ अथवा भविष्यमा आइपर्ने खर–खाँचो टार्न सहयोग गर्नुपर्छ। बिरामी, जीविकोपार्जन, शिक्षा, सामाजिक कार्य आदि आवश्यक खर्चको लागि केही रकम छुट्याउनुपर्छ। ऋणलाई सम्पत्ति बढाउनको लागि प्रयोग गर्नुपर्छ। जस्तैः व्यवसाय विस्तार, विवाह, आधार भूत आवश्यकता, बिरामी र शिक्षाको लागि सकभर ऋण लिनु हुँदैन। ऐच्छिक अथवा फजुल खर्चहरू घटाउनुपर्छ र भविष्यको निम्ति नभई नहुने खर्चको लागि पहिले नै सोचविचार गर्नुपर्छ।

बचत कसरी गर्न सकिन्छ ?

आफ्नो कमाइको केही रकम बचत रणनीतिअनुसार बचत गरिहाल्नु पर्दछ। यसो गर्नाले धेरै खर्चालु बनिँदैन। सकेसम्म कम रकम खर्च गर्ने बानीको विकास गर्नुपर्छ। इच्छा गरेको वस्तु तथा सेवा महँगो हुने भएमा त्यस्तोमा खर्च गर्नु हुँदैन । अनिवार्य आवश्यकता परिपूर्ति गरिसकेपछि इच्छाइएका वस्तु तथा सेवालाई थोरै रकम खर्च गरेर उपभोग गर्ने बानी गर्नु पर्दछ। 

होलसेल तथा हाटबजारबाट सामान किन्नु पर्दछ। बाहिर होटलमा गएर खानुभन्दा घरमै खानेकुरा बनाएर खाने गर्नु पर्दछ। आफ्नो खल्तीमा आवश्यकताभन्दा धेरै पैसा राख्नु हुँदैन।

ऋणलाई सम्पत्ति बढाउनको लागि प्रयोग गर्नुपर्छ। जस्तै स् व्यवसाय विस्तार, विवाह, आधार भूत आवश्यकता, बिरामी र शिक्षाको लागि सकभर ऋण लिनु हुँदैन।

आम्दानीको स्रोत पत्ता लगाउनु पर्दछ। गाउँघरमा ओभरटाइम काम गर्न खोज्नु पर्दछ। आफ्नो काम र कर्तव्य राम्रोसँग निर्वाह गरेर आफूले गरिराखेको काममा थप आम्दानी बढाउन सकिन्छ वा आम्दानी बढ्ने गरी जागिरमा पदोन्नति हुन सक्छ। बचतको समस्याको समाधान खोज्नु पर्दछ। 

सानै उमेरदेखि बचत गर्ने बानी बसाल्नु पर्छ। यदि कसैले घरमै पैसा बचत गर्ने गरेको छ भने त्यो पैसा चोरी हुने वा आगलागी भएमा नष्ट हुन सक्छ। घरमै बचत गर्नाले यसमा सहज पहुँच हुने भएकोले अनावश्यक ठाउँमा खर्च गर्न सकिन्छ। 

फलस्वरूप बचत घट्छ। बचत गर्दा जहाँ बचतको सुरक्षा हुन्छ, जहाँ ब्याज राम्रो पाइन्छ र जहाँ ब्याजको बारेमा नियमित सूचना प्राप्त हुन्छ, त्यहाँ मात्र बचत गर्नु पर्दछ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.