बिहीबार, कार्तिक ८,२०८१ 02:12:53
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:12:53
IME remit
Global IME Bank Limited

विश्वका ठूला शक्तिशाली सेयर बजारमा फैलियो त्रास

Hyundai Nepal
विश्वका ठूला शक्तिशाली सेयर बजारमा फैलियो त्रास
Nabil Bank Limited

काठमाण्डौ। भारत, अमेरिका, जापान,दक्षिण कोरिया हङकङसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट देखिएको छ। सोमबार ती बजार ठूलो दरमा घटेका हुन्। अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिकासहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको छ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा उच्च गिरावट देखिएको छ। अमेरिकामा रोजगार वृद्धिदर अपेक्षाभन्दा न्यून भएपछि त्यसले थप मन्दीको संकेत जनाएको भन्दै विश्लेषण भइरहेको छ। सोमबार भारतीय बजारको बीएसई सेन्सेक्स २.७१ प्रतिशत अर्थात् २२२२ अंक घटेको छ। 

Bizshala
Shivam Cement
CG Motors

सो गिरावटपछि बीएसई सेन्सेक्स ७८७५९ मा झरेको छ। त्यस्तै ५० ठूला कम्पनीको सूचक निफ्टी ५० पनि २.६८ प्रतिशत घटेको छ। ६६२ अंक घटेर निफ्टी ५० सूचक २४०५५ मा झरेको छ।

अमेरिकी डो जोन्स शुक्रबार ३.३ प्रतिशत घटेको छ। १२७४ अंक घटेर डो जोन्स ३९६०० सय नजिक झरेको छ। सोमबार पनि कारोबार भइरहँदा यो घट्ने क्रममा निरन्तरता देखिएको छ। यो सूचक ३ प्रतिशत घटेर ३८६४८ मा छ।

त्यस्तै एस एन्ड पी–५०० फ्युचर पनि शुक्रबार ४.६ प्रतिशत घट्यो। सोमबार पनि यो घट्ने क्रममा निरन्तरता देखिएको छ । यो सूचक ४.१ प्रतिशत घटेर ५१४९ मा झरेको छ।

नास्डाक १०० फ्युचर शुक्रबार ६ प्रतिशत घट्यो । सोमबार पनि कारोबार भइरहँदा यस सूचकमा गिरावट जारी छ। जापानी स्टक मार्केट निक्की सोमबार १२.७९ प्रतिशत घटेर ३१४५८ मा कायम भएको छ।

त्यसैगरी दक्षिण कोरियाको कोस्पी सूचकांक ६.६ प्रतिशतले घटेको छ। सामसुङलगायत चिप बनाउने कम्पनीको कारोबारमा कमी आएको छ। तर, हङकङको ह्याङ सेङमा ०.२ प्रतिशत मात्रै गिरावट आएको छ। यसैबीच, सांघाई स्टक एक्सचेन्ज अलिकति बढेको छ।

त्यस्तै क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ। बिटक्वाइनको मूल्य करिब ५३ हजार डलर रहेको छ। जुन फेब्रुअरी पछिको सबैभन्दा कम हो। शुक्रबार अमेरिकामा रोजगारीसम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि न्युयोर्कमा स्टकमा तीव्र गिरावट आएको छ।

विश्वका शीर्ष २० धनी व्यक्तिहरूको नेटवर्थमा समेत गिरावट आएको छ। विश्वका धनीहरुको सूचीमा परेका अर्बपतिहरुको सम्पत्तिमा ठूलो गिरावट आएको हो। जसमा मस्कदेखि बेजोसलाई धेरै घाटा लागेको छ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.