आईतवार, फाल्गुन ११,२०८१ 02:32:38
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:32:38
IME remit
Global IME Bank Limited

खराब कर्जा बढ्दा हिमालयन लघुवित्तको नाफा ५२.५८ लाखमा सीमित, ईपीएस जम्मा ३.२९ रुपैयाँ

Hyundai Nepal
खराब कर्जा बढ्दा हिमालयन लघुवित्तको नाफा ५२.५८ लाखमा सीमित,  ईपीएस जम्मा ३.२९ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६०.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १५.९६ प्रतिशतले बढ्दै ३४ करोड ४ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले इम्पेयरमेन्ट चार्ज घटाउन सफल भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३५ लाख रुपैयाँ रहेको संस्थाको इम्प्येरमेन्ट चार्ज घटेर ७८ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ ।  

संस्थाको अन्य सञ्चालन खर्च ४.२६ प्रतिशतले वृद्धि भएको छ । यससँगै संस्थाको सञ्चालन खर्च ३ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।  

ग्राहकहरुबाट ९५ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात २.९३ प्रतिशतबाट बढेर ३.५९ प्रतिशत पुगेको छ । संस्थाको रिजर्भ ११ करोड ८२ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३.२९ रुपैयाँ,मूल्य आम्दानी अनुपात १८५.७९ गुणा,प्रतिसेयर नेटवर्थ १२५.६२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४३१.२६ रुपैयाँ र तरलता अनुपात २.८० गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.