काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्य(डीपी)हरुलाई बीओ टु बीओ कार्य स्थगन गर्न निर्देशन दिएको छ ।
सिडिएसले हाल एक डिम्याट खाताबाट सेयर हस्तान्तरण गर्ने कार्य बीओ टु बीओ उल्लेख्य रुपमा वृद्धि हुन गएको र यसले सम्पूर्ण कार्य सञ्चालनमा प्रभाव पर्न गएकाले साउन २३ गतेबाट यो कार्य स्थगन गर्न निर्देशन दिएको छ ।
सिडिएसले अर्को सूचना जारी नभएसम्मका लागि बैंकबाट बन्धकी राख्नका लागि अनिवार्य गर्नुपर्ने र कुनै आर्थिक दायित्व सिर्जना हुने पुष्टि हुने कागजातको हकमा मात्र बीओ टु बीओ कार्य गरी स्वीकृतीका लागि पठाउन भनेको छ ।
यस्तै बीओ टु बीओ कार्य नुहँदा लगानीकर्ताहरुलाई दोस्रो बजारमा हुने खरिद बिक्रीमा कुनै बाधा उत्पन्न नहुने सिडिएसले जनाएको छ । साथै यथाशिघ्र प्रणालीमा परिमार्जन गरी छिटो–छरितो रुपमा बीओ टु बीओ कार्यलाई सुचारु गर्ने सिडिएसले जनाएको छ ।