काठमाण्डौ। पूँजी बजारमा हाल ६४ लाख डिम्याट खाता रहेका छन् । जसमा करिब ४२ प्रतिशत महिला लगानीकर्ता रहेका छन् । पूँजीबजारमा रौनकता छाउँदै गर्दा बजारमा महिला लगानीकर्ता र नाबालिक लगानीकर्ताहरुको संख्या पनि उल्लेखनिय रुपमा बढेको छ ।
सीडीएसीले दिएको जानकारी अनुसार कूल ६४ लाख लगानीकर्ताहरुमध्ये ३६ लाख ५० हजार पुरुष लगानीकर्ता रहेका छन् । त्यसैगरि, २६ लाख ९० हजार लगानीकर्ता महिला लगानीकर्ता रहेका छन् । उमेर समूहमा १८ देखि ३० वर्षका ३१ प्रतिशत सेयर लगानीकर्ता रहेका छन ।
साथै, ३० बर्ष देखि ४० वर्षका उमेर समूहका लगानीकर्ताको संख्या २२ प्रतिशत, ४० देखि ६० वर्ष उमेर समूहका २६ प्रतिशत लगानीकर्ता रहेका छन् । ६० वर्षभन्दा माथि उमेरका ९ प्रतिशत लगानीकर्ता रहेका छन् । १२ प्रतिशत लगानीकर्ता भने नाबालिक छन् ।