आईतवार, बैशाख ७,२०८२ 05:51:43
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 05:51:43
IME remit
Global IME Bank Limited

हेलिकप्टर दुर्घटनास्थलबाट मृतकको शव काठमाडौं ल्याइँदै, भोलि बिहानदेखि पोस्टमार्टम

Hyundai Nepal
हेलिकप्टर दुर्घटनास्थलबाट मृतकको शव काठमाडौं ल्याइँदै, भोलि बिहानदेखि पोस्टमार्टम
Nabil Bank Limited

काठमाण्डौ । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार टोलीले मृतक पाँचै जनाको शव संकलन गरेको छ। सशस्त्र प्रहरीका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोलीले शव संकलन गरेर काठमाडौं पठाउने तयारी हुँदै छ।

Shivam Cement
Bizshala
CG Motors

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः५४ बजे रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको थियो।

दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको थियो।

मृत्यु हुनेमा पाइलट अरुण मल्ल र चिनियाँ नागरिकमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र महिला ३१ वर्षीया वु यीयाओ रहेका छन्।

यसैबीच सरकारले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। 

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.