काठमाण्डौ । स्थानीय बजारमा जिरा मसिनो र सोना मन्सुली चामलको मूल्य बढेको छ। एक महिनाको अन्तरालमा चामलको मूल्य बोरामा दुई सय रूपैयाँसम्म बढेको व्यवसायीले जनाएका छन् ।
व्यवसायीहरुका अनुसार एक महिना अघि प्रतिबोरा २२ सयदेखि २३ सय रूपैयाँमा बिक्री गरिएको चामल अहिले २४ सयदेखि २६ सय रूपैयाँ पुगेको छ।
त्यस्तै, सोना मन्सुली चामल प्रतिबोरा १७ सयदेखि १८ सय रूपैयाँमा बिक्री गरेको चामल अहिले १९ सयदेखि दुई हजार रूपैयाँ पुगेको हो।
अहिले बजारमा जिरा मसिनो चामलको अभाव समेत देखिएकाले मूल्य बढेको हुनसक्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।
हाल बजारमा अस्वाभाविक चामल बढेकोबारे विभागमा कुनै पनि गुनासो नआएको विभागले जनाएको छ।