बुधबार, माघ २३,२०८१ 12:45:46
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:45:46
IME remit
Global IME Bank Limited

राष्ट्रिय दिगो पर्यटन क्लबका विद्यार्थीलाई पर्यटन फोटोग्राफि अभिमुखिकरण

Hyundai Nepal
राष्ट्रिय दिगो पर्यटन क्लबका विद्यार्थीलाई पर्यटन फोटोग्राफि अभिमुखिकरण
Nabil Bank Limited

काठमाण्डौ । पर्यटन तथा पर्यटन फोटोग्राफीका बारे जनचेतना अभिवृद्धि गर्दै सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने  उद्देश्यका साथ राष्ट्रिय दिगो पर्यटन क्लबका विद्यार्थीका लाागि एक दिने पर्यटन फोटोग्राफी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित जीविकोपार्जन तथा पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा द ग्लोवल ट्राभल एण्ड टुरिजम पार्टनरसीप (जीटीटीपी) मा आवद्ध टुरिजम रिसर्च एण्ड टे«निङ इन्टिच्युट  (टीआरटीआई) को सहकार्यमा पर्यटन फोटोग्राफी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा काठमाण्डौं उपत्यकाका विभिन्न १० वटा विद्यालयका ७० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा नेशनल स्कुल अफ फोटोग्राफीका सञ्चालक तथा वरिष्ठ फोटो पत्रकार मधुसुदन थापाले फोटोग्राफीका सैद्धान्तिक तथा व्यावहारिक विषय वस्तुका बारेमा आफ्नो प्रस्तुतिकरण दिएका थिए ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै कार्यक्रममा उप–प्राध्यापक तथा नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्टटी पी. भुसालले नेपालको पर्यटन, यसको महत्व, पर्यटन प्रर्वद्धनमा विद्यार्थीको भूमिका तथा फाटोग्राफीको आचारसंहिताबारे अभिमुखिकरण दिएका थिए ।  

यस्तै राष्ट्रिय फोटो पत्रकार समूहका सदस्य तथा फोटो पत्रकार प्रदीप श्रेष्ठले फोटोग्राफीमा क्यामेरा तथा मोवाईल फोटोग्राफीका बारेमा अभिमुखिकरण दिएका थिए ।  

कार्यक्रममा(जीटीटीपी) काकन्ट्रीम्यानेजर तथा (टीआरटीआई)का पे्रसिडेन्ट मदनकुमार बरालले (टीआरटीआई) ले देशका विभिन्न जिल्लाका ७० विद्यालयहरुमा राष्ट्रिय दीगो पर्यटन क्लब स्थापना गरि विद्यायलस्तर देखि नै बालबालिकामा पर्यटनसँग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।  

(टीआरटीआई) का कार्यक्रम निर्देशक सरोजप्रसाद पोखरेल,तथा कार्यक्रम संयोजक लक्ष्मीप्रसाद बुढाथोकीले पर्यटनका लागि फाटो महत्वपूर्ण विषय भएको उल्लेख गर्दै विद्यार्थीलाई यसको सैद्धान्तिक तथा व्यावहारिक ज्ञानदिन सके विद्यार्थीमा पर्यटनप्रतिको अभिरुची बढने र पर्यटकीय पूर्वाधारको संरक्षण तथा प्रर्वद्धनमा सहयोग पुग्ने उद्देश्यले यो अभिमुखिकरण आयोजना गरिएको जानकारी दिए ।  

एसटीएलआरपीले टीआरटीआईसँगको सहकार्यमा देशभर राष्ट्रिय दीगो पर्यटन क्लबका क्लब खोल्न सहयोग गर्दै आइरहेको परियोजनाले जानकार दिएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.