आईतवार, फाल्गुन ११,२०८१ 04:46:02
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:46:02
IME remit
Global IME Bank Limited

यी ७ कारण ब्रिटिस डिग्रीको लागि उपयुक्त गन्तब्य ब्रिटिस कलेज

Hyundai Nepal
यी ७ कारण ब्रिटिस डिग्रीको लागि उपयुक्त गन्तब्य ब्रिटिस कलेज
Nabil Bank Limited

काठमाण्डौ । स्थापनाको १३ वर्षभित्र द ब्रिटिस कलेज (टीबीसी)ले निकै उपलब्धि हासिल गरिसकेको छ । नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको ब्रिटिस कलेजले हालसम्मको अवधिमा २ हजार ६०० जना ग्राजुयटहरु उत्पादन गरिसकेको छ ।  

शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने उदेश्यको साथ नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’लाई अक्षरस पालना गर्दै ब्रिटिस एजुकेशन ग्रुपले सञ्चालन गरेको ब्रिटिस कलेज अनि यसका सहायक कलेजको गुणस्तरमा विश्वस्तरिय छ । ‘लोकल टु ग्लोबल’ अवधारणा सञ्चालन भइरहेको यस कलेजको भिजन विश्वमा प्रचलित उपयुक्त शिक्षण पद्धति तथा अतिरिक्त क्रियाकलापमार्फत ग्राजुयटहरु स्थानीयस्तरदेखि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरसम्म प्रतिस्पर्धी बनाउनु हो ।  

यहाँका ग्राजुयटहरु अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पेशा तथा व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यस्तै, नेपालमा नै बसेरबेलायतमा पाइने शिक्षा त्यो पनि सर्वसुलभशुल्कमा पाइदाउच्च शिक्षाको लागिवर्षेनी बाहिरिने विद्यार्थीहरुलाई नेपालमा रोक्न ब्रिटिस कलेज सफल भएको छ ।

ब्रिटिस कलेज किन अब्बल छ ?

ब्रिटिस एजुकेशन ग्रुप (एजुकेशन नेटवर्क)ः

‘रि थिङ्किङ्ग एजुकेशन’ भन्ने मुल मन्त्रको साथ सन् २००३ मा स्थापना भएको, ब्रिटिस एजुकेशन ग्रुपले नेपाल, बेलायत तथा दुबईसँगै हालसालै क्यानडामा पनि शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको छ । गैरआवासिय नेपालीहरुसँगै बेलायका प्रबुद्ध व्यक्तिहरुको पनि यसमा लागनी रहेको छ ।

काठमाण्डौको थापाथलीमा द ब्रिटिस कलेज, ललितपुरको चाकुपाटमा ब्रिटिस मोडल कलेज र ब्रिटिस प्रोफेशनल कलेज तथा कुपण्डोलमा द वेस्टमिन्स्टर कलेज सञ्चालन गरिरहेको छ । त्यस्तै, रुपन्देहीमा ब्रिटिस ग्रामर स्कुल, चितवनमा मदरल्याण्ड स्कुल तथा पोखरामा द ब्रिटिस कलेज (पोखरा)स्कुल सञ्चालन गरिरहेको छ ।  

त्यस्तै, यस समूहले बेलायतको लण्डनमाद उलविच कलेज, युएईको दुबईमा द उलविच इन्स्टिच्युट सञ्चालन गरिरहेको छ । यस ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित १२५ वर्ष पुरानो निजी कलेज म्यारिटाइम बिजनेश कलेज (एमबीसी)लाई अधिग्रहण गरेको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपालसहित अन्य देशहरुमा पनि शिक्षा क्षेत्रका नेपाली तथा विदेशी प्रबुद्ध व्यक्तिहरुको संलग्नतामा यस ग्रुपको सञ्चालन भइरहेकोले गर्दा नेपालमा विदेश सरह शिक्षा प्रदान गर्न ब्रिटिस कलेज सफल छ ।  

पार्टर विश्वविद्यालयको राम्रो र्याङकिङ्गः

ब्रिटिस कलेजले हाल बेलायतका दुई विश्वविद्यालयहरु युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुई) र लिड्स बेकेट युनिभर्सिटी (एलबीयू)को पार्टनरसिपमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विश्वविद्यालयहरुको र्याङ्किङ्ग गर्ने स्वतन्त्र र सर्वमान्य निकाय टाइम्स हायर एजुकेशनको पछिल्लो तथ्यांक अनुसार ब्रिटिस कलेजको पार्टनर विश्वविद्यालयहरु युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डको र्याङ्किङ्ग ५०१ देखि ६०० को बीचमा रहेको छ । किले युनिभर्सिटीको र्याङ्किङ्ग ५०१ देखि ६०० को बीचमा तथा लिड्स बेकेटको र्याङ्किङ्ग ८०१ रहेको छ ।  

त्यस्तै, ब्रिटिस कलेजले प्रदान गरिरहेको ए लेभल शैक्षिक कार्यक्रम क्याम्ब्रिज इन्टरनेशनल इक्जामिनेशन क्वालिफिकेसन्सको ‘गोल्ड स्ट्यान्डर्ड’ को छ । उता एसीसीए कार्यक्रमले पनि प्लेटिमन स्ट्याटस प्राप्त गरेको छ । कुपण्डोलमा सञ्चालित द वेस्टमिन्स्टर कलेजको पार्टनर विश्वविद्यालय र्याङ्किङ्ग पनि ८०० देखि १००० को स्थानमा रहेको छ ।  

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ को परिच्छेद २ अन्तर्गतको ५ नम्बर बुँदामा उल्लेख गरिए अनुसार विश्वविद्यालयको बरियतामा हाम्रो कलेजको पार्टनर विश्वविद्यालय युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्ड (यूडब्लुई) विश्वकै शीर्ष ४०० विश्वविद्यालयभित्र पर्छ । नेपालमा यो स्तरको विश्वविद्यालयको पढाई ब्रिटिस कलेजमा मात्रै हुन्छ ।

कलेजका सुविधाहरुः

ब्रिटिस कलेज ‘मोर द्यान अ कलेज’को अवधारणामा सञ्चालन भइरहेको छ । यसको मतलव यस कलेजले तयार गर्ने जनशक्ति सर्टिफिकेटमात्रै सीमित नभई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालका छन् । हाल अध्ययनरत तथा भुतपूर्व विद्यार्थीहरुको लागि ब्रिटिस कलेजको ढोका सँधै खुल्ला रहनेछ यसले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारबाट पर्याप्त अवसरहरु प्राप्त गर्न सकिन्छ । ब्रिटिस एजुकेशन ग्रुपले नेपाल मात्रै नभई बिभिन्न देशहरुमा पनि शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेकोले ग्लोवल एक्सपोजरको लागि विद्यार्थीहरुले सहजै क्रेडिट ट्रान्सफरको सुविधा प्राप्त गर्न सक्छन् ।

कोरोना महामारीको समयमा विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट कक्षाहरु सञ्चालन गर्दा कुनै पनि हिसाबले विद्यार्थीहरुले हैरानी ब्यहोर्नु परेन । उनीहरुको परीक्षा तथा नतिजा समयमा नै प्रकाशित हुनुले पनि ब्रिटिस कलेज प्रविधिको उच्चतम प्रयोग गरिविद्यार्थीहरुको सेवामा तत्पर रहने गरेको प्रमाणित हुन्छ ।

त्यस्तै, कलेजले अत्याधुनिक कम्प्युटर फरेन्सिक्स ल्याव, इन्क्युवेशन सेन्टर, काउन्सिलिङ एण्ड वेलविइङ युनिट तथा एकेडेमिक सक्सेज सेन्टर पनि सञ्चालन गरिरहेको छ ।

ब्रिटिस कलेजका कोर्षहरुः

ब्रिटिस कलेजले बजारको मागको आवश्यकतालाई मध्यनजर गर्दैबिभिन्न खालका शैक्षिक पाठ्यक्रमहरु सञ्चालन गरिरहेको छ । ब्रिटिस मोडल कलेजमा ए लेभल,ब्रिटिस कलेजमा स्नातक तथा स्नातोकोत्तर तहका बिभिन्न शैक्षिक कार्यक्रमहरु जस्तैःबिजनेशतर्फ बीबीए(अनर्स) बिजनेश एण्ड म्यानेजमेन्ट, विकएण्ड एमबीए (एक्जिक्युटिभ), एमबीए (ग्राजुयट), एमएससी इन्टरनेशनल बिजनेश म्यानेजमेन्ट, बीए (अनर्स) हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) र एसीसीए कार्यक्रम छन् । त्यस्तै, कम्प्युटिङतर्फ बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्स, बीएससी (अनर्स) डेटा साइन्स, बीएससी (अनर्स) कम्प्युटर साइन्स–आर्टिफिसियल इन्टिलिजेन्स, एमएससी इन्फरमेशन एण्ड टेक्नोलोजी र एमएससी एडभान्स कम्प्युटर साइन्सगरि १३ वटा विषयहरु सञ्चालनमा रहेका छन् ।

यसका अलावा ब्रिटिस एजुकेशन ग्रुपले ललितपुरको कुपण्डोलमा द वेस्टमिन्स्टर कलेज, बुटवलमा ब्रिटिस ग्रामर स्कुल,चितवनमा मदरल्याण्ड स्कुल रपोखरामा ब्रिटिस ग्रामर स्कुल सञ्चालन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय रिवार्डः

ब्रिटिस कलेज हाल सालै पोजेटिभ इम्प्याक्ट रेटिङ (पीआईआर) प्राप्त गर्ने नेपालको पहिलो शैक्षिक संस्था बनेको छ । ‘पीआईआर २०२४ लेभल ३ः प्रगतिशिल शैक्षिक संस्था’मा सूचीकृत हुँदै कलेजले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । कलेजको सस्टेनेबिलिटी युनिटले शिक्षामा स्थिरता, अनुसन्धानात्मक कार्यक्रमहरुका साथै, साझेदारहरु मार्फत समग्र शैक्षिक वातावरण सिर्जना गरेको छ । कलेजले आफ्नो पाठ्यक्रममा दिगो विकास लक्ष्य (एसडीजी) एकीकृत गर्न, नवाचारलाई प्रोत्साहित गर्न र जलवायु शिक्षा अघि बढाउन धेरै पहलहरु कार्यान्वयन गर्दै आएको छ । जस्तै, ‘बीबीएः इनोभेट फर इम्प्याक्ट’ कार्यक्रम, एमबीएमा ‘भविष्यको लागि स्थिर आपूर्ति श्रृंखलाहरु’ समर पाठ्यक्रममार्फत पनि संयुक्त राष्ट्र संघको दिगो विकासको कार्यक्रमलाई सघाउ पुर्याइरहेको छ । यही गतिविधिको कारण कलेजले अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो छवि कायम गरेको छ ।

अर्को उपलब्धि भनेकोब्रिटिस एक्रिडेशन काउन्सिल (बीएसी) इन्स्टिच्युशनल अवार्डबाट पुनः सम्मानित हुनु हो । यस कलेजलाई बीएसीले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रुपमा सन् २०२५ सम्मको लागि उक्त अवार्ड प्रदान गरेको हो।

त्यस्तै, कलेजले ल्याएको विश्वस्तरिय नतिजाको कारण एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा दिएको छ ।

सुविधाजनक स्थानः  

ब्रिटिस कलेज काठमाण्डौको केन्द्र थापाथलीमा रहेको छ । यस कलेज निजी सवारी साधन हुनेहरुको लागि पार्किङको ब्यवस्था छ भने सार्वजनिक सवारी साधनहरु सहजै पाइने स्थानमा छ । त्यस्तै, काठमाण्डौ उपत्यका, ललितपुर भक्तपुरमात्रै नभई काभ्रे जिल्लाबाट समेत सार्वजनिक सवारीको प्रयोग गरेर यस कलेजमा विद्यार्थीहरु अध्ययनको लागि आउने गरेका छन् ।

ग्लोबल एक्सपोजरः

यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले विदेश गएर पढ्ने विद्यार्थीहरु सरह अन्तर्राष्ट्रियस्तरका ेसेवा सुविधाहरु पाउने गरेका छन् । विद्यार्थीहरुले ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतका शैक्षिक संस्थाहरु तथा पार्टनर विश्वविद्यालयमा क्रेडिट ट्रान्सफरको सुविधा पाउँदै आएका छन् । जस्तो,२+२ रणनीतिमा विद्यार्थीहरुले दुई वर्ष ब्रिटिस कलेजमा पढेपछि अर्को दुई वर्ष विदेशमा पढ्न पाउँछन् । ३+१ रणनीतिमा तीन वर्ष ब्रिटिस कलेजमा पढेपछि अर्को १ वर्ष विदेशमा पढ्ने अवसर पाउँछन् ।

त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको कम्पनीहरुमा काम गर्ने सुविधा पनि विद्यार्थीहरुले पाएका छन् ।

विदेशी प्रिन्सिपल

हाल ब्रिटिस कलेजमाडा. प्याट्रिक म्याकक्रडेन डेप्युटी प्रिन्सिपलको रुपमा कार्यरत छन् । सन् २०२३ देखि यस कलेजमा आबद्ध हुनुभएका उनीसँग ब्रिटिस विश्वविद्यालय प्रणालीको उत्कृष्ट ज्ञान छ । यूकेको युनिभर्सिटी अफ साल्फोर्डबाट पीएचडी गरेका उनले बिभिन्न देशहरुमा काम गरिसकेका छन् । उनको सीप, अनुभव, क्षमता र दक्षताले ब्रिटिस कलेज अझै अब्बल संस्था बनेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.