काठमाण्डौ। पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय केन्द्रीय बैंक र गभर्नरले व्यवहार र कार्यशैली फेरिएको बताएका छन्। बिहीबार अर्थ समितिको बैठकमा पूर्वमन्त्री पुनले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा कडा मौद्रिक नीति लिएको तर आफू निकट केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा निकै खुकुलो मौद्रिक नीति लिएको उनले आरोप लगाए।
धितोपत्र बजार बढ्नु राम्रो भए पनि पहिले नै सुधारका नीति लिनुपर्नेमा गभर्नरले रोक्ने काम गरेको उनी बताउँछन्।
कुनै चलखेल र बदमासी विना उपयुक्त र योग्य व्यक्तिलाई बोर्डको नेतृत्वमा ल्याउनुपर्ने उनले बताए।
पुँजी बजारको सन्दर्भमा फेयर कारोबार र व्यवस्थापनका लागि तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने उनको भनाइ छ।