आईतवार, बैशाख ७,२०८२ 05:51:45
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 05:51:45
IME remit
Global IME Bank Limited

दोस्रो कार्यकाल ठूलै चुनौती स्वीकारेर आएको हुँ - घिसिङ

Hyundai Nepal
दोस्रो कार्यकाल ठूलै चुनौती स्वीकारेर आएको हुँ - घिसिङ
Nabil Bank Limited

काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी लिनु आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्।

 घिसिङले दोस्रो कार्यकाल सुरू गरेको तीन वर्ष पूरा गरेको अवसरमा आज शुक्रबार पत्रकार सम्मेलनमा गरेका हुन्। प्राधिकरणभित्रको सुशासन, वित्तीय अवस्थाको थप सुधार, भरपर्दो र गुणस्तरीय आपूर्ति आफ्नो दोस्रो कार्यालयको प्राथमिकताका विषय रहेको उनले बताए।

२०७२/७३ मा ५३ प्रतिशत मात्रै विद्युतीकरण पुगेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले बताए। अहिले यिनै कामलाई प्राथमिकता दिइएको उनी बताउँछन्। तीन वर्षअघि विद्युतका ग्राहको संख्या २९ लाख मात्रै रहेकोमा अहिले बढेर ५९ लाख पुगेको उनको भनाइ छ।

Shivam Cement
Bizshala
CG Motors

दोस्रो कार्यकालको अघिल्ला दुई वर्षमा कार्यसम्पादन मूल्यांकनमा उ‍च्चतम अंक पाएको विषय पनि उनले सुनाए। उनका अनुसार आर्थिक वर्ष २७८/७९ मा उनले ९४.२३ अंक पाएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ९८.९४ अंक पाएका थिए। 

तेस्रो वर्षको मूल्यांकन भने अहिले चलिरहेको उनले बताए। यसैबीच  उनले (टीओडी) मिटरको डेटा डाउनलोडको विषयमा संसद्को सार्वजनिक लेखा समिति मात्रै होइन, जनतालाई पनि आफूलाई ढाँटेका बताए। 

उनले  सम्मेलनमा २०७३ को विद्युत् महसुल संकलन विनियमावलीमा टीओडी डाउनलोड अनिवार्य गर्नैपर्ने व्यवस्था नरहेको र आवश्यकता अनुसार डाउनलोड गर्ने गरिएको बताए। त्यसअघि गत शुक्रबार लेखा समितिकै बैठकमा पनि उनले त्यही बेहोराको अभिव्यक्ति दिएका थिए।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.