बिहीबार, कार्तिक ८,२०८१ 12:04:36
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 12:04:36
IME remit
Global IME Bank Limited

सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट

Hyundai Nepal
सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट
Nabil Bank Limited

काठमाण्डौ। युवाहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा काठमाण्डौको सिनामंगल स्थति होटल रोयल एयरपोेर्ट सञ्चालनमा आएको छ। शुक्रबार बागमतती प्रदेशका  संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् ।

होटल उद्घाटनको क्रममा बोल्दै  मन्त्री  ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए। “पर्यटन उद्ययोगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि म सँधै तत्पर छु” उनले भने, “अझ तपाईहरु जस्ता युवाहरु जो यो उद्ययोगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरु मेरो थप सहयोग र सहकार्य रहने छ।”

Bizshala
Shivam Cement
CG Motors

मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरुसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले युवाहरु मिलेर सञ्चालनमा आएको होटल रोयल एरपोर्टको सफलताका लागि व्यवसायीहरुलाइ शुभकामना समेत दिए ।

कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए।

३४ ओटा कोठाको सहितको यो होटलमा ५० शैया रहेका छन्। दुईसय जनाभन्दा बढी क्षमताका हल, बैठक, कक्ष सहितको  शान्त वातावरणमा सञ्चालनमा आएको उनको भनाइ छ। 

“यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्यएका हौं,” अध्यक्ष श्रेष्ठ भने। उनीले होटल रोयल एयरपोर्ट जस्ता होटलहरुले नेपालको पर्यटन उद्ययोगमा ठुलो टेवा पुर्‍याउने विश्वास समेत व्यक्त गरे। 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.