बुधबार, बैशाख २,२०८३ 02:09:19
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 02:09:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गणपति लघुवित्तले घाटाबाट उम्कदै कमायो झण्डै ३ करोड नाफा, खराब कर्जा अनुपात पनि घटाउन सफल

Bizshala
गणपति लघुवित्तले घाटाबाट उम्कदै कमायो झण्डै ३ करोड नाफा, खराब कर्जा अनुपात पनि घटाउन सफल
Shivam Cement

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट उम्कदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ८६ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी १५.६७ प्रतिशतले बढ्दै १३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी १६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ११ करोड ३० लाख रुपैयाँमा सीमित थियो । यस्तै संस्थाको सञ्चालन मुनाफा ४ करोड २७ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ९ करोड ५३ लाख र अन्य सञ्चालन खर्च २ रकोड ४० लाख रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

संस्थाको निक्षप संकलन ५८ करोड २१ लाख रुपैयाँबाट घटेर ४४ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ ।  

त्यस्तै कर्जा प्रवाह पनि २ अर्ब २६ करोडबाट घटेर २ अर्ब ५ करोड रुपैयाँ सीमित भएको छ । संस्थाको रिटेन्ड अर्निङ १५ लाख १४ हजार रुपैयाँ र रिजर्भ ८ करोड ८४ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५० लाख ४४ हजार रुपैयाँ रहेको छ ।  

अघिल्लो आवको चौथो त्रैमाससम्ममा ८.११ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात घटेर ४.७९ प्रतिशतमा खुम्चिएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १९.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.३७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९५.४२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १११.५९ गुणा र तरलता अनुपात ५.१७ प्रतिशत कायम भएको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.