बुधबार, श्रावण २७,२०८३ 03:48:21
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:48:21
Bizshala
Global IME Bank Limited

हिन्डनबर्गको रिपोर्टपश्चात अडाणी ग्रुपका सबै १० वटा कम्पनीको सेयरमूल्यमा गिरावट

Prabhu Bank Limited
हिन्डनबर्गको रिपोर्टपश्चात अडाणी ग्रुपका सबै १० वटा कम्पनीको सेयरमूल्यमा गिरावट
New Office

काठमाण्डौ । अमेरिकी कम्पनी हिन्डनबर्गले भारतीय सेयर बजार नियामककी अध्यक्ष माधवी पुरी बुचमाथि गरेको खुलासाका कारण अडाणी ग्रुपको सबै कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज अडाणी ग्रुपका सबै १० वटा कम्पनीको सेयरमूल्य घटेको छ ।  

हिन्डनबर्गले गत शनिबार एक रिपोर्ट जारी गर्दै माधवी पुरी बुच र उनका पति धवल बुचको अडाणी ग्रुपसँग जोडिएका अफशोर कम्पनीमा स्वामित्व भएको जनाएको थियो ।  

यो प्रतिवेदनपश्चात आज अणडाी ग्रुपअन्तर्गतका अडाणी इन्टरप्राइजेज,अडाणी पोेटर््स,अडाणी ग्रीन इनर्जी,अडाणी टोटल ग्यास, अडाणी ईनर्जी सोलुसन्स्,अडाणी पावर,अडाणी विल्मर,अम्बुजा सिमेन्ट,एसीसी र एनडीटिभीको सेयरमूल्य ओरालो लागेका छन् । यी कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतसम्मको उच्च गिरावट आएको छ ।  

तर हिन्डनबर्ग प्रतिवेदनको प्रभाव भारतीय सेयर बजारमा भने देखिएको छैन । इन्ट्रा डे कारोबारमा भारतको सेयर बजार सूचक सेन्सेक्स इनडेक्समा १७६ अंकको बढोत्तरीका साथ कारोबार भईरहेको भने निफ्टी५० पनि ४६ अंकले बढेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.