मंगलवार, आश्विन १३,२०८३ 04:59:00
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 04:59:00
Bizshala
Global IME Bank Limited

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै घट्यो, ईपीएस ११.०२ रुपैयाँ

Bizshala
भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै घट्यो, ईपीएस ११.०२ रुपैयाँ
New Office

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफा र आम्दानी दुवैमा गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८.४६ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत १४ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.३२ प्रतिशतले कम हो । कम्पनीले अन्य स्रोतबाट ७६ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । यसरी कम्पनीको कुल आम्दानी १५ करोड ७ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म कम्पनीले ४ करोड ७८ लाख रुपैयाँ कुल सञ्चालन खर्च र ३ करोड १९ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख रुपैयाँ छ भने रिजर्भको आकार ११ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयर प्रिमियम शिर्षकमा २ करोड २८ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको कुल चालु सम्पत्ति १८ करोड ६७ लाख र कुल चालु दायित्व १ करोढ ५ लाख रुपैयाँ छ ।  

चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.०२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १२४.३५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२८.१० रुपैयाँ, तरलता अनुपात १७.७३ प्रतिशत र मूल्य आम्दानी अनुपात ८९.५८ गुणा कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.