बुधबार, असार १०,२०८३ 03:26:35
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:26:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नास आईटी अवार्ड्स २०२४ हुँदै, आफ्नो इनोभेसनलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने अवसर

Laxmi Sunrise Bank Limited
नास आईटी अवार्ड्स २०२४ हुँदै, आफ्नो इनोभेसनलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने अवसर

काठमाण्डौ । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ ।  

नेपालको सूचना प्रविधि क्षेत्रका इनोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न नास आईटी अवार्ड्स आयोजना हुन लागेको हो ।  

नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नास आईटी अवार्ड्समार्फत नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई आफ्नो क्षमता प्रदर्शन गर्न एउटा अन्तर्राष्ट्रिय अवसर प्राप्त हुने बताए ।

New Office
CG Motors
Garima Development Bank

अवार्ड ११ विधामा प्रदान गरिने छ । बैंकिङ, बीमा, वित्त, मार्केटप्लेस, शिक्षा, यातायात लजिष्टिक, फिनटेक, आइसिटी सेवा सोलुसन, सेक्युरिटी सोलुसन, प्रोफेसनल सेवा सोलुसन, हेल्थ एण्ड वेल बिङ, सरकार, नागरिक सेवा, डिजिटल सरकार तथा स्नातक तहका वि‌द्यार्थीका परियोजना, स्टार्टअप र इन्नोभेसनहरूले अवार्डमा आवेदन दिन सक्ने छन् ।  

नास आईटी अवार्ड्स २०२४ मा आगामी भदौ ३ गतेसम्म  मा गएर नलाइन आवेदन दिन सकिने छ ।  

अवार्ड विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ ।  

विगत २३ वर्षदेखि एपिक्टा अवार्ड्सले एशिया प्यासिफिक क्षेत्रमा आइसिटी प्रडक्ट तथा इन्नोभेसन शोकेस गर्ने महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्दै आएको छ ।  

यस वर्ष एपिक्टा अवार्डमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम गरी १७ देशबीच प्रतिस्पर्धा हुनेछ ।  

नास आईटी नेपालको अग्रणी गैर नाफामुलक संस्था हो, जसले नेपाली सफ्टवेयर र आईटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको छ ।

नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पैरवीमा काम गर्दै आएको संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.